उर्जामन्त्री खड्काद्धारा सुनकोशी मरिन डाइभर्सन आयोजनाको निरीक्षण

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

 

मन्त्री खड्काले आज सिन्धुलीमा निर्माणाधीन सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै उनले कामलाई तीव्र गतिमा अगाडि बढाएर तोकिएकै समयमा आयोजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन ।

 

“आयोजना निर्माणको कामलाई तीव्र गतिमा अगाडी बढाउनुस्, काम तेकिएकै समयमा सक्नेगरि लाग्नुस्, काम गर्ने स्पिड बढाउनुस्, ⁠कार्यप्रगतिको आधारमा बजेटको अभाब हुदैन,” मन्त्री खड्काले भने ।

 

उर्जामन्त्री खड्काले आयोजनाको ⁠१३।२ किलोमिटर सुरूङ निर्माण सकिएकोले अब हेडवक्सको काम तिव्र गतिमा सक्न ठेकदार कम्पनीलाई निर्देशन दिए। “यो देशको हामी सबै नागरिक हौँ, ठेकेदार, कर्मचारी, मन्त्री जो भएपनि देशको विकास भए सबैको विकास हुन्छ, काम चाँडो सक्ने हुटहुटीका साथ काम गर्नुस्,” उनले भने ।

 

आयोजना अगाडी बढाउन स्पष्ट खाका बनाएर लक्ष्य अनुसार काम गर्न मन्त्री खड्काले निर्माण कम्पनीलाई निर्देशन दिए । “काम गर्ने हामीले नै हो, अरूले होइन, लक्ष्य प्राप्ती गर्नका लागि काम गर्नुभएन भने सरकारले बैकल्पिक बाटो सोच्छ, यो सरकारको वाध्यता हो,” उनले भने ।

 

उक्त आयोजनाबाट एक लाख २२ हजार हेक्टर सिंचाई हुने र ३२ मेगावाट विद्युत उत्पादन हुने र कुल पानीको १० प्रतिशत खानेपानी सुविधा उपलब्ध गराउन भएकोले सबै मिलेर काम गर्नुपर्ने बताए । “लक्ष्यलाई भेट्ने गरि काम गर्नुस, म्याद थप हुने कुरा नगरौं,” उर्जामन्त्री खड्काले भने ।

जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक सञ्जीव बरालले लक्ष्य भेट्नेगरी आयोजना निर्माणको कामलाई अगाडि बढाउनु पर्नेसमेत बताए । “अहिलेसम्म ५० प्रतिशत काम सकिनु पर्नेमा हेडवक्समा जम्मा १९ प्रतिशतमात्रै काम हुनु दुःखद कुरा हो, काम तोकिएकै मितिमा सम्पन्न गर्नेगरी लाग्नुहोस्,” उनले भने।

महानिर्देशक बरालले अहिलेकै अवस्थाका काम रहे ठेक्का तोडिने चेतावनी दिए । १४ अर्बको आयोजनामा हालसम्म एक अर्व २० करोड मोविलाइजेशन खर्च परिचालन गरिसकेको उनले भनाई थियो । 

स्मेक कन्सल्यान्टका प्रतिनिधी दिवस श्रेष्ठले आयोजना निर्माणको काम चित्तबुझ्दो नभएको बताउँदै समयमै काम सम्पन्न गर्नका लागि आफूहरुले ठेकेदार कम्पनीलाई निरन्तर खवदारी गरिरहेको बताए ।

 

आयोजनाका ठेकेदार कम्पनी रमन कन्ट्रक्सनका प्रतिनिधीले रमन पटेलले विभागबाट हुने भुक्तानी बेलैमा नभएका कारण आयोजना निर्माणमा केही ढिलाई भएको भन्दै सरकारले सहयोग गरे आफूहरुले समयमै आयोजना सम्पन्न गर्ने बताए ।

 

सोही अवसरमा उर्जामन्त्री खड्काले उक्त आयोजनाको टनेल, पावरहाउस र हेडवक्सको अवलोकन तथा निरीक्षण गरेका थिए । मन्त्री खड्कासँगै मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्य, मित्र बराललगायत मन्त्रालयका उच्च पदस्थ कर्मचारीको सहभागीता रहेको थियो ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।