राष्ट्रिय गौरवको सुनकोशी-मरिण ड्राइभर्सन आयोजनाको अवस्था (तस्वीरहरू)

काठमाडौं, १९ जेठ ।  जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले राष्ट्रिय गौरवको सुनकोशी-मरिण ड्राइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ, हेडवक्स र पावरहाउसको स्थलगत निरीक्षण गरेका छन ।

 

१३.२ किलोमिटर लामो सुरुङ निर्माण कार्य सम्पन्न भइसकेको जनाउँदै मन्त्री खड्काले अब हेडवक्स र पावरहाउस निर्माण कार्यलाई लक्ष्यअनुसार अघि बढाउन निर्देशन दिए ।

 

१४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाबाट १ लाख २२ हजार हेक्टर मधेश प्रदेशको जमिनमा सिँचाइ सुविधा पुग्नेछ भने ३२ मेगावाट विद्युत उत्पादन हुनेछ त्यस्तै कुल पानीको १० प्रतिशत खानेपानीका लागि प्रयोग गरिनेछ।

 

निरीक्षणका क्रममा मन्त्री खड्काले आयोजना समयमै सम्पन्न गर्नका लागि ठेकेदार, कन्सल्ट्यान्ट, कर्मचारी तथा सरोकारवाला सबै पक्ष गम्भीरतापूर्वक जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए । उनले सरकारको तर्फबाट कुनै कमी नहुने र आवश्यक सबै सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गरेका छन ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।