पाख्रीबासमा जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम अन्तर्गत वडामा दांत चेक जांच शिविर संचालनमा
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम अन्तरगत वडामा दात चेक जांच शिविर सञ्चालन भइरहेको छ ।
साेमबार नगरकाे ९ र १० मा ३१ जनाकाे दात जाच तथा नापलिने कार्य सम्पन्न भएको वडा अध्यक्ष सम्झना आलेले जानकारी दिनुभयो ।
९ र १० नम्बर वडाको सेट दात १२ जनामा चेक गरि नाप लिएको छ भने अन्य उपस्थितकाे दात उखेल्ने र खुद्रा दात नाप लिएको शिविरमा सहभागी स्वास्थ्यकर्मीले जानकारी दिनु भयो।
शिविरमा दात जाँच गरि नाप लिएको विरामिलाई १५ दिन भित्र नगरमा कार्यक्रम राखि दात लगाई दिने आयाेजकले जानाएकाे छ ।
नगरपालिका र पुर्वाअञ्चल डेन्टल हस्पिटल इटहरीकाे संयुक्त आयोजनामा शिविर सञ्चालन गरेको हाे ।




