कविता राई गाउँलेको कविता सङ्ग्रह ‘फाटकको घाम’ सार्वजनिक

इलाम । कवि कविता राई गाउँलेको कवितासंग्रह ‘फाटकमा घाम’ विमोचन भएको छ । कवि गाउँलेको गृहजिल्ला इलामको फिक्कलमा ‘फाटकमा घाम’ सार्वजनिक भएको हो ।

कार्यक्रममा कवि मनप्रसाद सुब्बा, प्राज्ञ राजन मुकारुङ, कवि राईलगायतले पुस्तकको विमोचन गरेका थिए । प्रमुख अतिथिको रुपमा रहेका सुब्बाले पुस्तकमाथि चर्चा गर्दै भने, ‘कविले फाटकका घाममा जनजीविकाका सवाल बडो मज्जाले ल्याउनुभएको छ । यही कारण यो कवितासंग्रह विशेष बनेको छ ।’

त्यस्तै सिक्किमका कवि प्रवीण खालिङले राईका कुनै कुनै कविता आफ्नै घरभित्रको कथाजस्तो लाग्ने बताए । उनले भने, ‘नारीवादी कविता भएर पनि उहाँका कवितामा कुनै पनि किसिमको उग्रता छैन । साथै उहाँले बिम्बका रुपमा पनि वरिपरिका मौसम, डाँडाकाँडा र विशेष ढुंगालाई प्रयोग गर्नुभएको छ ।’

कवितासंग्रहका सर्जक गाउँलेले आफूले देखेको, भोगेको कुरालाई सहज र सरल ढंगले कवितामा उतारेको बताइन् । उनले भनिन्, ‘समाजका विभिन्न पक्षलाई समेटेर संग्रहको रुपमा प्रकाशन गरेको हुँ । पाठकले मनपराइदिनुहुन्छ भन्नेमा विश्वास्त छु ।’

कार्यक्रममा कवि देवान किराती, विमल वैद्य, कृष्ण बराल, राजन मुकारुङलगायतले कविता संग्रहमा समेटिएका कविता वाचन गरेका थिए । कविता संग्रहलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।

२०४८ सालबाट कविता लेखन सुरु गरेकी गाउँलेको ‘फाटकका घाम’ पहिलो कवितासंग्रह हो । यस कृतिमा उनका ४९ वटा कविता समेटिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।