मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका विजेता थाइल्याण्ड जाँदै

काठमाडौं । बालबालिकाहरूबीचको सौन्दर्य प्रतियोगीता मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनल २०२५ का विजेता थाइल्याण्ड जाने भएका छन्। 

आयोजक ट्वान्टी फो फ्रेमले आइतबार एक कार्यक्रमबीच विजेता आगामी ६ जुलाईमा करिव आठ देशबीच हुने वल्र्ड फिनालेका लागी नेपालबाट प्रतिनिधित्व गर्ने जानकारी गराएको थियो।

प्रतियोगीताको गएको वैशाख १३ गते फिनाले भएको थियो। जसमा मिस्टर नेपाल जुनियर इन्टरनेशनल २०२५ अर्मन महत बन्न सफल भएका थिए भने मिसेस नेपाल जुनियर इन्टरनेशनल २०२५ आइसा ठाकुर बन्न सफल भएकी थिइन्। 

यस्तै मिस लिटिल नेपाल इन्टरनेशनल २०२५ को टाइटल सोहना दाहालले पाइन् भने मिस्टर लिटिल नेपाल इन्टरनेशनल २०२५ को टाइटल सक्षम पराजुलीले पाउन सफल भएका थिए। यि चारै जना बिजेताले थाइल्याण्डमा हुने प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन्।

मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलको आयोजक संस्था ट्वान्टी फो फ्रेमका सिईओ त्रिलोक बिक्रम थापाले यो प्रतियोगीता एक पेजेन्ट मात्र नभएर बालबालिकाहरुका लागी सिकाईको ठुलो माध्यम रहेको बताए। उनले यस स्टेजबाट धेरै बालबालिकाले धेरै कुरा सिकेर गएको जानकारी दिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।