१८ बर्ष पछि बेंगलुरुले बन्यो आईपीएल बिजेता

 
काठमाडौं, २१ जेठ । १८ बर्ष पछि रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ । 

मंगलबार राती भएको फाइनलमा पञ्जाब किङ्सलाई जम्मा ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो ।

बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सफल भयो । अन्तिम ओभरमा २९ रन आवश्यक भए पनि शो पुरा  गर्न नसक्दा पञ्जाव जीतवाट बाहिरिएको हो ।

सो फाइनल खेलमा शशांक ३० बलमा ६१ रनमा अविजित रहेका थिए भने जोश इङ्लिसले ३९ रन बनाउन सफल भए । बेंगलुरुका भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २–२ विकेट लिँदा जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १–१ विकेट लिएका थिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाउन सफल भएको थियो । विराट कोहलीले सर्वाधिक ४३ रन बनाएका थिए भने कप्तान रजत पाटिदारले २६ रन बनाउन सफल भए  ।

तर, लियाम लिभिङस्टोनले २५ तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाउँदै बैंग्लरूले बलियो उपस्थिति देखायो ।

उता, पञ्जाबका लागि अर्शदीप सिंह र काइल जेमिसनले ३–३ विकेट लिएका थिए भने अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १–१ विकेट लिन सफल भए ।

बेंगलुरुले यसअघि तीनपटक आईपीएलको फाइनल खेलेपनि उपाधि भने जित्न सकेको थिएन । सन् २००९, २०११ र २०१६ मा फाइनलमा पुगे पनि बेंगलुरु उपाधिबाट भने वञ्चित हुदैँ आएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।