‘गजल गायनको स्वर्ण दशक’ दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल

काठमाडाैं, २१ जेठ । नेपाली शास्त्रीय गजल गायनको स्वर्ण दशक (२०८०-२०९०) दोस्रो वर्षमा प्रवेश गरेको छ ।

 

मंगलबार यस अभियानको प्रथम वार्षिकोत्सवका अवसरमा संगीतकार एवं गायक सन्तोष श्रेष्ठको संगीत र स्वरमा आधा दर्जन गजल प्रत्यक्ष गायन गरिएको छ ।

डा. भोजराज घिमिरे, देवेन्द्र के. सी. ‘देवु’, नारायण नेपाल, राधा कणेल, आँचलकुमार शर्मा र घनेन्द्र ओझाका गजल श्रेष्ठले प्रत्यक्ष गाएका हुन् ।  गजलकार, गजल अभियन्ता घनेन्द्र ओझा र विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले गत वर्ष १९ जेठ २०८१ मा यो अभियान घोषणा गरेका थिए ।

यसबीचमा काठमाडौंमा आधा दर्जन र काठमाडौंबाहिर करिब आधा दर्जन गजल गायनका कार्यक्रम भइसकेका अभियन्ता घनेन्द्र ओझाले बताए । उनले अब सातै प्रदेशमा यस अभियानलाई लगिने र यो दशकलाई नेपाली गजल गायनको साँच्चै स्वर्ण दशक बनाइने उल्लेख गरे ।

अर्का अभियन्ता सन्तोष श्रेष्ठले गजल गायनको स्वर्ण दशक अभियान भएकाले यसमा सबैको साथ, सहयोग, हौसला र प्रेरणा आवश्यक रहेको बताए । गजलकार करुण थापाले नेपाली गजल लेखनसँगै गायनमा पनि परिष्कृत हुनुपर्ने धारणा राखे । थापाले यो अभियानले लेखनसँगै गायनमा पनि परिष्कार र नयाँपन ल्याउने विश्वास व्यक्त गरे ।

 

गजलकार एवं संगीत मर्मज्ञ रवि प्राञ्जलले गजल लेखनमा निश्चित संरचना, विधिविधान हुने भन्दै तिनको पालना गरी लेखिएका गजललाई संगीतमा ल्याउनु चुनौती हुन सक्ने तर साधनाले त्यो सफल हुने भन्दै हौसला दिए । प्राञ्जलले गजल संगीतका विभिन्न तरिका र शैली हुन सक्ने बताए ।

गजलकार डा. भोजराज घिमिरेले यस्ता अभियानलाई संस्थागत गर्दै नयाँ पुस्ता समेटेर अघि बढ्न सुझाव दिए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।