बरिष्ठ अधिबक्ता शम्भु थापामाथि कारबाही गर्न प्रेस चौतारीको माग

काठमाडौं, २३ जेठ । बरिष्ठ अधिबक्ता शम्भु थापाले पत्रकार उमेश कार्कीमाथी गरेको दुर्ब्याहार प्रति प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ।
 
नेपाल प्रेस डट कममा फोटो पत्रकार कार्कीलाई हिजो नेकपा समाजवादीको पार्टी कार्यालयबाट बाहिरिंदै गर्दा थापाले अपशब्द गर्दै दुर्ब्याबहार गरेका थिए । 
 
सार्वजनिक स्थानमा निर्वाध रुपमा फोटो वा भिडियो खिच्न पाउने संवैधानिक हकको जिम्मेवार अधिवक्ताबाट नै उल्लंघन भएकोमा चौतारीले गम्भिर ध्यान आकर्षण भएको जनाएको हो । 

चौतारीका महासचिव हिरामान लामाले आज एक विज्ञप्ती जारी गर्दै थापाको यस प्रकारको व्यवहारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथी ठाडो प्रहार गरेको निष्कर्ष उल्लेख गरिएको छ । सो बिज्ञप्तीमा दोषीलाई कानुनी कारवाही गर्नसमेत माग गरिएको छ।  

श्रमजीवी पत्रकार माथी भएको यस हर्कतको विरुद्ध शसक्त आवाज उठाउन चौतारीले नागरिक समाज, पेशागत संघसंगठनलाई आह्वान गरेको छ । यसैगरी पत्रकारलाई निर्वाध रुपमा समाचार संकलनको वातावरण बनाउन र भौतिक सुरक्षाको प्रत्याभुति दिन समेत विज्ञप्तीमार्फत माग गरिएको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।