बैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

काठमाडौं, २६ जेठ । वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भटट्राईले वैदेशिक रोजगारीमा सिमित मेनपावरहरुको सिण्डीकेट हल्ला निराधार रहेको बताएका छन । 

 

आइतवार सन्चारकर्मीहरुसँग कुराकानी गर्दै महानिर्देशक कमल प्रसाद भटट्राईले सरकार निस्पक्ष रुपमा कानुनी रुपमा दर्ता तथा नविकरण भएका मेनपावर कम्पनीहरुलाई श्रम सम्झौता भएका देशहरुमा निर्वाद रुपमा कारोवार खुल्ला गरिएको बताउँदै बजराी हल्ला निराधार रहेको बताएका हुन । 

 

महानिर्देशक भटट्राईले भने, ‘ वैदेशिक रोजगारीमा कुनै पनि अमुक मेनपावरलाई सिण्डीकेट गर्न दिने हल्ला निराधार छ । विभागले १ हजार ४३ कानुनी रुपमा दर्ता भएका मेनपावरहरुलाई श्रम सम्झौता भएका देशमा कारोवार गर्न कुनै पनि रोकटोक छैन । नेपाल सरकार कुनै पनि सिण्डीकेटको पुर्ण राखेजीको पक्षमा छ । ’

 

उनले मेनपावर व्यवसायीहरुलाई बजारी हल्लाको पछी नलाग्न आग्रह गर्दै वैदेशिक रोजगारको क्षेत्रमा देखिएका चुनौतीहरुलाई चिर्दै कानुन अनुसार कारोवार गर्न सुझाव दिए । 

 

महानिर्देशक भटट्राईले १ हजार ४३ मेनपावर कम्पनीको नामावली परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धीत देशको राजदुतावासमा नामावली पठाई जानकारी गराए ।

 

त्यस्तै, जापानका हकमा पनि ५ सय २२ संस्थाहरुको नाम परराष्ट्र मन्त्रालय मार्फत जापान स्थिती दुतावास र सम्बन्धीत देशमा पठाइएको बताए । 

 

उनका अनुसार वैदेशिक रोजगारमा जानेहरु निकै ठगिएको घटना पच्छिलो समय समस्याको रुपमा देखा परेको बताउँदै आम सर्वसाधारणलाई नेपाल सरकारको मान्यता प्राप्त मेनपावर कम्पनीहरु मार्फत मात्रै वैदेशिक रोजगारमा जानका लागि आग्रह गरे । 

 

उनले भने, ‘अहिले वैदेशिक रोजगारका नाममा धेरै ठगिएका छन । औपचारिक माध्यमबाट नगई अन्यन्त्रबाट ठगिएका घटनाहरु थुप्रै विभागमा आएका छन । यसलाई निरुत्साहित गर्न जरुरी छ । त्यसका लागि नेपाल सरकारले मान्यता दिएको मेनपावर कम्पनीबाट मात्रै विदेश जान जरुरी छ । ’

 

j

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖