लस एन्जलसमा भडकिएको हिंसा तीन दिनसम्म आएन नियन्त्रणमा

काठमाडौं, २६ जेठ । लस एन्जलसमा फेरि प्रदर्शन भड्किएको छ ।

 

अमेरिकन अध्यागमन बिभागले गरिरहेको छापाको बिरूद्ध प्रदर्शनकारीहरूले तेस्रो दिन पनि प्रदर्शन गरिरहेका छन् ।

 

सो प्रदर्शनमा दर्जनौं सवारी साधानहरू तोडफोड भएका छन भने प्रदर्शनकारीले १ सय १ भन्दा सडक अबरोध गरिरहेका छन् ।

उता, सबन्धित राज्यको अनुमति बिना नै राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा तैनाथ गरेका नेशनल गार्ड एकाइहरूले प्रदर्शनकारीहरूमाथी जबरजस्ती  अश्रु ग्यास प्रयोग गराएका छन भने दर्जनौं प्रदर्शनकारी पक्राउ परेका छन् । खासमा, शहरको प्रमुख १०१ फ्री वेलाई अवरुद्ध गर्दा कानून प्रवर्तन प्रदर्शनकारीहरूलाई हटाउन अगाडी बढिरहेका छन् ।

उता, ट्रम्पले नेशनल गार्ड पठाउने आफ्नो कदमको बचाउ गर्दै भने कि नेशनल गार्डहरूले क्यार्लिफोनिया र लस एन्जलसमा त्यहाँ कानून र व्यवस्था छ भनेर सुनिश्चित गर्ने दावी गरेका छन् ।

 

तर, क्यालिफोर्नियाका गभर्नरले ट्रम्पलाई सेना परिचालन रद्द गर्न आग्रह गरेका छन् । जसलाई अन्य डेमोक्रेटिक गभर्नरहरूले शक्तिको डरलाग्दो दुरुपयोग भनेर टिप्पणी गरेका छन् ।

 

क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजमले भने लस एन्जलस काउन्टीमा गैरकानूनी सेना तैनाथ गर्न र आफ्नो आदेशमा फिर्ता गर्न ट्रम्प प्रशासनलाई औपचारिक रूपमा अनुरोध गरेका छन। सामाजिक सञ्जाल एक्सको एक पोष्टमा डेमोक्र्याटिक गभर्नर भन्छन्, ‘ट्रम्प संलग्न नभएसम्म हामीलाई कुनै समस्या थिएन तर नेशनल गार्ड खटाउने उनको कदम यो राज्यको सार्वभौमसत्ताको गम्भीर उल्लङ्घन हो, जहाँ उनीहरूलाई आवश्यक छ, त्यहाँबाट स्रोतहरू तानेर तनाव फैलाउने काम भएको छ ।’

 

रिपब्लिकन राष्ट्रपति ट्रम्प प्रशासनले न्यूजमको अनुरोधमा सार्वजनिक रूपमा टिप्पणी गरेको छैनन्।

शुक्रबारदेखि सुरु भएको विरोध प्रदर्शनले निकै हिंसात्मक रुप लिइरहेको छ । सो क्रममा दर्जनौं पक्राउ परेका छन् र प्रहरी अधिकारीहरूसमेत घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।