नेदरल्याण्ड बिरूद्द नेपाल ब्याटिङमा

काठमाडौ, २७ जेठ ।नेपालले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यन्ड्सका कप्तान स्कट एड्वार्डले टस जितेर फिल्डिङको निर्णय लिए ।

नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ । चोटका कारण सोमपाल कामी र गुल्शनकुमार झा आजको खेलमा देखिएका छैनन् । उनीहरूको स्थानमा नन्दन यादव र बसिर अहमदलाई मौका दिइएको छ ।

नेपाल तेस्रो जितको लक्ष्यमा छ । यसअघि नेपालले स्कटल्यान्डलाई एक र नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो । यस्तै नेपाल स्टकल्यान्डसँगको पछिल्लो भेटमा भने दुई रनले पराजित भएको थियो ।

यता नेदरल्यान्ड्स पहिलो जितको लक्ष्यमा छ । नेदरल्यान्ड्सले स्कटल्यान्डसँग पनि ४४ को पराजय बेहोरेको थियो ।

नेपाली टोली

रोहितकुमार पौडेलको (कप्तान),अनिल साह, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), भीम सार्की, आरिफ शेख, बसिर अहमद, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, र ललित नारायण राजवंशी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।