इमरान खानकाे मुद्दामा आज सुनुवाई हुदैँ, आजै रिहा हुने समर्थककाे दावी

इस्लामवाद, २८ जेठ । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानमाथीकाे मुद्दामा आज सुनुवाई हुदैँछ ।

 

जुन ११ मा हुने साे सुनवाइमा अल–कादिर ट्रस्ट मुद्दामा राहत मिल्न सक्ने दावी उनका समर्थकहरूले गरिरहेका छन । उनको पार्टीका शीर्ष नेताहरूले इस्लामाबाद उच्च अदालतले इमरान खान र उनकी पत्नी बुशरा बीबीको सजाय निलम्बन गर्ने याचिकाहरू यस दिन सुन्ने र उनीहरूलाई जमानत पाउने सम्भावना रहेको दावी गरेका छन् ।

 

७२ वर्षीय इमरान खान अगस्ट २०२३ देखि अदियाला जेलमा रहेका छन् र उनीविरुद्ध धेरै आपराधिक मुद्दाहरू विचाराधीन रहेका छन्। मुख्यगरी, अल-कादिर ट्रस्ट मुद्दा यी मामिलाहरूमध्ये सबैभन्दा उच्च प्रोफाइलकाे मुद्दा हो, जसमा पूर्व प्रधानमन्त्री र उनकी पत्नीलाई भ्रष्टाचारको गम्भीर आरोप लगाइएको छ।

 

पीटीआईका प्रख्यात वकिल र नेता गौहर अली खानले जुन ११ पार्टीका संस्थापक र उनकी पत्नीका लागि महत्त्वपूर्ण दिन साबित हुनसक्ने बताए। धरौटीमा रिहा हुनुको ठोस कारण नखुले पनि अदालतबाट अवश्य राहत पाउने विश्वास व्यक्त उनले अहिले पनि गरेका छन् ।

 

यो मुद्दा युनाइटेड किंगडमको राष्ट्रिय अपराध एजेन्सी (एनसीए) द्वारा सम्पत्ति व्यावसायी मलिक रियाजको परिवारबाट १९० मिलियन पाउन्डको रकमसँग सम्बन्धित रहेको छ। यो रकम पाकिस्तानको राष्ट्रिय कोषमा जम्मा गर्नुको सट्टा इमरान खानको सरकारले मलिक रियाजको कम्पनी बहरिया टाउनको दायित्वबाट समायोजन गरेको आरोप छ।

 

यस तथाकथित सम्झौताको बदलामा मलिक रियाजले कराचीको बाहिरी भागमा सयौं एकड जमिन अल-कादिर ट्रस्टलाई दान दिएका थिए, जसका ट्रस्टीहरू इमरान खान र उनकी पत्नी बुशरा बीबी हुन्। जसका कारण, यस लेनदेनमा भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोप लगाइएको छ। 

राष्ट्रिय उत्तरदायित्व ब्यूरो (एनएबी) ले यस विषयमा अनुसन्धान गरिरहेको छ। यस अनुसन्धानका सम्बन्धमा अदालतमा निवेदन परेको छ, जसको सुनुवाई आज हुन लागेकाे हाे ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖