अहमदावाद विमान दुर्घटना : बिमानमा सवारबाहेक थप २४ को मृत्यु भएको पुष्टी

काठमाडौं, ३० जेठ । अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार (जुन १२, २०२५) दिउँसो दुर्घटनामा परेको थियो। यस दुर्घटनामा मृत्यु हुनेको संख्यामा थप बृद्दी भएको छ । अहिलेसम्म २६५ जनाको मृत्यु भइसकेको छ ।
 
विमानमा सवार २४१ यात्रु र चालक दलका सदस्यको पनि मृत्यु भएको छ । दुर्घटनापछि विमान नजिकैको मेडिकल कलेजको होस्टेलमा खसेको थियो, जसमा थप २४ जनाको मृत्यु भएको छ ।

घटनाबारे थप जानकारी दिँदै स्थानिय अधिकारीले भने, ‘सिभिल अस्पतालमा आएका सबै शव नराम्ररी जलेका छन्, पहिचान गर्न निकै गाह्रो छ, मानिसको शवलाई विभिन्न टुक्रामा बाँडिएको छ । कोही जलेका छन् त कोही काटिएका छन् । यी शव थपिएपछि संख्या २६५ पुगेको छ ।”
 
उनले थपे,  ‘विमानमा २४४ यात्रु र चालक दलका सदस्य थिए, जसमध्ये एक जना यात्रु जिवित छन्, २४१ यात्रुमध्ये सायद कोही बाँचेका होलान् । दुर्घटना हुँदा विमानस्थल नजिकै रहेको मेडिकल कलेजको होस्टेलमा खाजा खाने समय थियो र अधिकांश यात्रुहरु मेसमा थिए ।
 
त्यही क्रममा यो विमान होस्टेलको संरचनामा खसेको थियो, जसका कारण धेरै चिकित्सकको पनि भग्नावशेषमा दबिएर मृत्यु भएको थियो । सो इलाका डीसीपीले २६५ जनाको मृत्यु भएको जानकारी दिएका छन् । तर, यसको आधिकारिक घोषणा भने भइसकेको छैन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।