बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा

लन्डन, ३१ जेठ । अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मुहम्मद युनुस र बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमानबीच लण्डनमा भएको महत्वपूर्ण बैठकले बंगलादेशको आगामी राष्ट्रिय निर्वाचनका सम्बन्धमा महत्वपूर्ण राजनीतिक संकेत प्राप्त गरेको छ ।

 

यसै क्रममा प्राध्यापक युनुसले आवश्यक तयारी पूरा भए सन् २०२६ को रमजान अघिल्लो साता निर्वाचन हुनसक्ने संकेत दिएका छन् ।

 

लण्डनको प्रतिष्ठित होटल डोर्चेस्टरमा शुक्रबार बिहान ९ बजे (लण्डन समयअनुसार) सुरु भई १०ः३० बजे समापन भएको थियो । बैठकपछि संयुक्त पत्रकार सम्मेलन गरिएको थियो, जसमा राष्ट्रिय सुरक्षा सल्लाहकार खलीलुर रहमान, मुख्य सल्लाहकारका प्रेस सचिव शफिकुल आलम र बिएनपी स्थायी कमिटी सदस्य अमिर खसरु महमूद चौधरी पनि सहभागी थिए ।

 

बैठक सौहार्दपूर्ण र सकारात्मक वातावरणमा सम्पन्न भएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकमा तारिक रहमानले अर्को वर्ष रमजान अघि निर्वाचन गराउने प्रस्ताव राखेका थिए । उनले पार्टी प्रमुख बेगम खालिदा जियाले पनि त्यही समयमा निर्वाचन भए देशका लागि राम्रो हुने विश्वास व्यक्त गरेको सन्देश सुनाएका थिए ।

 

यसको जवाफ दिँदै प्रमुख सल्लाहकार प्राध्यापक युनुसले २०२६ अप्रिलको पहिलो पन्ध्र दिनमा निर्वाचन हुने घोषणा गरिसकेका छन् । तर, आवश्यक सबै प्रशासनिक, व्यवस्थापिका र निर्वाचन सुधार समयमै सम्पन्न भएमा फ्रेबुअरी मसान्तमा अर्थात् रमजान सुरु हुनुभन्दा एक साताअघि निर्वाचन हुनसक्छ ।

 

बिएनपीले यस वर्षको डिसेम्बरमा निर्वाचन गराउन माग गरिसकेको छ । तर, हालको चुनावी क्यालेन्डरअनुसार २०२६ अप्रिलमा निर्वाचन हुने अपेक्षा गरिएको थियो। अब रमजान अघिको सम्भावित समयसीमाले यो प्रक्रियालाई अलि लचिलो बनाउने देखिन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖