आरोहण गुरुकुलको आयोजनामा विराट वाङ्मय उत्सव सम्पन्न

विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलको आयोजनामा विराट वाङ्मय उत्सव–२०८२ सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिकाको प्रवद्र्धन तथा आरोहण गुरुकुलको आयोजनामा दुई दिने वाङ्मय उत्सव सम्पन्न भएकोहो ।

उत्सवको पहिलो दिन मेरो स्वरः हाम्रो आवाजअन्तर्गत कविता वाचनमा करिना थलङ लिम्बू, मुकुन्द प्रयास, गोठकृष्ण ठकुरी, गगन योक्पाङ्देन, विराट किराती, विष्णु काफ्ले, सन्देश सुब्बा, सेन्लप, करुणा राई, मनोज मुस्किल, मुनाराज शेर्मा, भीम विरही राई, डोमी कामत, सीता थुलुङ, विष्णु न्यौपानेले आ–आफ्ना सिर्जना प्रस्तुत गरे । कार्यक्रमको सहजीकरण कवि बद्री भिखारीले गरेका थिए । त्यस्तै पत्रकार सुजाता लिम्बूले सहजीकरण गरेको हाम्रो भाषाः हाम्रो पहिचान शीर्षकमा साङसेन पन्धाक, कर्ण सञ्जय र श्रीशिशा राईले बहस गरे ।

विराट वाङ्मय उत्सवअन्तर्गत पहिलो दिन अमित थेबेले सहजीकरण गरेको साहित्यको सामाजिकता सत्रमा साहित्यकार खेम नेपाली, लीला अनमोल र हेमन यात्री प्रस्तुत भए । संस्मरणमा तथ्य र काल्पनिकी सत्रमा कृष्ण बराल, प्रकाश थाम्सुहाङ र अस्मिता विष्टले बहस गर्दा सुनिता तामाङले सहजीकरण गरिन् । टेकेन्द्र अधिकारीले सहजीकरण गरेको सिर्जना सँगसँगै साहित्य र साहित्यिक संस्था सत्रमा मिश्रा गुरुङ, रामबाबु दाहाल र प्रकाश दिप्सालीले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

त्यस्तै कवि शुभलक्ष्मी लम्सालले सहजीकरण गरेको मेरो स्वरः मेरो आवाज सत्रमा कवि देवान किराती, दिलकुमार बुढाथोकी, जेबी निखुन्त, रोहिणी रसिक, हरि कट्टेल, भरत गुरागाईं, सम्झना असफल, रञ्जना भट्टराई, विरही अधिकारी, पुष्पा बोगटी, लक्ष्मी रायमाझी खड्काले कविता वाचन गरे ।

दोस्रो दिनको पहिलो सत्रमा कवि मनु मञ्जिल, मञ्जुश्री गिरी, जमुना पौडेल, वासु गौतम, पुष्पा सायरा, सिजन श्रेष्ठ, तीर्थराज विश्वकर्मा, उमेश लुइँटेल, चूडामणि नेपाल अकिञ्चन, सुन्दर कुरुप, एकु घिमिरे, किरण शिवाले मेरो स्वरः हाम्रो आवाज शृंखलामा आ–आफ्ना सशक्त कविता प्रस्तुत गरेका थिए । उक्त सत्रको सहजीकरण कवि केजी सुब्बाले गरे ।

संस्कृति रिजालले सहजीकरण गरेको विद्यालयमा सिकाइ र सिर्जना सत्रमा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्ेल, कवि टीका आत्रेय र यादव प्रधान प्रस्तुत भए । दोस्रो दिनको तेस्रो सत्रमा नवयुगः नवआवाजमा विवेक धिमाल, सविता फागो, सुजता बस्याल प्रस्तुत भए । प्रदीप योङहाङले सहजीकरण गरे । दीपा दाहालले सहजीकरण गरेको अनुवादका अड्चन सत्रमा चन्द्र गुरुङ र सुदीप पाख्रिनले आ–आफ्ना धारणा राखे ।

गीतका गुञ्जनः संगीतका सूरमा कुशेश्वर राई, राजु केसी र शैलेन्द्र खतिवडा प्रस्तुत हुँदा चोमु शेर्पा चुक्टेले सहजीकरण गरिन् । कवि सीमा आभासले सहजीकरण गरेको बालकृष्णको विरासतमा इच्छापूर्ण राई, हरि बराल र भीम खतिवडाले बहस गरे । अग्रज साहित्यकार एवं पत्रकार केशव आचार्यले सहजीकरण गरेको गजल गुञ्जनमा तारा दिप्साली, अञ्जु पराजुली, बविता भुजेल, शिव प्रणत, अनन्त अनुराग, सुरेश सुवेदी, कृष्ण काश्यप, सुमन रेग्मी, विवश बलिभद्र कोइरालाले गजल सुनाए ।

विराट वाङ्मय उत्सवअन्तर्गत वरिष्ठ कवि कृष्णभूषण बलको संकलित कविताहरुको संग्रह ‘नदीकिनाराको पूर्णिमा’ र युवाकवि रमेशचन्द्र अधिकारीको ‘माझीहाडाम’ कवितासंग्रह विमोचन गरिएको थियो । कवि रमेशचन्द्र अधिकारी, धीरज राई र दीपेश भण्डारीले सम्पादन गरेको ‘काव्यारोहण’ पनि विमोचन गरियो । गुरुकुलले आयोजना गरेको कवितावाचन शृंखला ‘काव्यारोहण, आरोहण कवितायात्रा’मा प्रस्तुत भएका १२ जना कविका पाँच–पाँचवटा कविता समावेश गरेर ‘काव्यारोहण’

प्रकाशित गरिएको आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । उद्घाटन समारोहमा वरिष्ठ कवि किरातीले सम्भाषण प्रस्तुत गरेका थिए । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्की, आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्री, कवि एवं पत्रकार मीनकुमार नवोदित, कार्यक्रमका निर्देशक सुमन पोखरेललगायतले मन्तव्य व्यक्त गरे । उत्सवको विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर कार्कीले उद्घाटन गरेकी थिइन् ।

विराटनगर महानगरपालिकाको प्रवद्र्धनमा आरोहण गुरुकुलले हरेक वर्ष विराट वाङ्मय उत्सव गर्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।