नेपाल भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न

सञ्जय मिश्रा/रौतहट, ३१ जेठ। नेपाल भारत सीमा संयुक्त समन्वय समिति (Border District Coordination Committee – BDCC) को नियमित बैठक शुक्रबार साँझ सर्लाहीको हरिवनमा संपन्न भएको छ।

 

नेपाल भारत सुरक्षा अधिकारीको दुईपक्षीय बैठकमा अपराध नियन्त्रणमा शुन्य सहनशीलताको सहमती भएको हो।

 

सर्लाहीका सिडियो तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको थियो ।दुईपक्षीय बैठकमा सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप  ,
लागुऔषध, अबैध हातहतियार कारोबार, तथा मदिराजन्य पदार्थको तस्करी नियन्त्रण गर्न सहमती भएको बैठकमा सहभागी रौतहटका सिडियो बिनोद कुमार खडकाले न्युज कारखानालाई बताएका छन्।

 

एक देशमा अपराध गरी अर्को तर्फ लुकेर बसेका अपराधी लाई पक्राउ गर्न सूचनाको आदानप्रदान संगै प्रत्यक्ष सहयोग गर्ने सहमती भएको थियो।

 

त्यसैगरी बिदेशी घुसपैठ माथी पूर्ण निगरानी, दशगज्जा देखी सीमाक्षेत्रको सुरक्षा माथी बिशेष जोर दिइएको थियो। वर्षायाममा रौतहट स्थित बागमती र लालबकैया नदीमा पानीको सतह बढेपछि गौरलाई डुबानबाट जोगाउन भारत बैरगनिया स्थित नदीको साईफन ( ढोका) खोल्ने सहमती भएको सिडियो खडकाले जानकारी दिएका छन्।

 

दुईपक्षीय बैठकमा  सर्लाही, महोत्तरी , रौतहट तथा भारत (विहार) को सितामढी जिल्लाका सुरक्षा अधिकारीको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।