मेलिना राई र दिनेश भारतीको स्वर रहेको गीत ‘नाम के हो नानी चन्द्र कुमारी’ सार्वजनिक
काठमाडौं- मेलिना राई र दिनेश भारतीको स्वर रहेको गीत ‘नाम के हो नानी चन्द्र कुमारी’ सार्वजनिक भएको छ ।
सार्वजनिक डान्सिङ्ग प्याटनको गीतमा मोडलद्वय बिना राउत र सुमन योगीको अभिनय रहेको छ । ‘टीन्ज क्रु’ को प्रस्तुति रहेको गीतमा वसन्त सापकोटाको शब्द संगीत रहेको छ भने मिक्सिंङ मास्टरिङ्ग जीवन बडुको रहेको छ ।
गीतको कोरियोग्राफर तथा निर्देशक सुरेश पाण्डेय हुन् । देब दोर्जेले छायांकन गरेको उक्त भिडियोलाई अनिल बिस्ट प्यूठानीले सम्पादन तथा कलर करेक्सन गरेका हुन् । प्रिया नगरकोटीको मेकअप रहेको गीतमा देब राज र नवराजको डान्स ग्रुप रहेको छ।
गीत मोडल सुमन योगीको युट्युबबाट सार्वजनिक गरिएको छ ।


