पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिका देखी मोडेलसम्म

इस्लामबाद, ४ असार । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ आफ्नो राजनीतिक बयानका लागि मात्रै होइन, उनको व्यक्तिगत जीवन पनि चर्चामा रहने गरेका छन । 

उनले अहिलेसम्म चार पटक विवाह गरिसकेका छन् तर पाकिस्तानी मिडियामा उनको पाँच श्रीमती रहेको दाबी पनि गरिएको छ । उसो भए, उनका पत्निका बारेमा जानौं । 

 

पहिलो पत्नीः नुसरत बट
शहबाज शरीफको पहिलो विवाह सन् १९७३ मा उनकी काकाकी छोरी अर्थात बहिनी नुसरत बटसँग भएको थियो, जब उनी २२ वर्षको थिए। यस विवाहबाट उनका दुई छोरा र दुई जुम्ल्याहा छोरी छन् । यो सम्बन्ध करिब २० वर्षसम्म चल्यो र त्यसपछि सन् १९९३ मा उनीहरुको सम्बन्धविच्छेद भयो। चाखलाग्दो कुरा के छ भने शाहबाज केही वर्षअघि मनी लान्ड्रिङको मुद्दामा फसेका थिए, जसमा नुसरतको नाम पनि आएको थियो र उनी अदालतमा हाजिर हुनुसमेत परेको थियो ।

 

दोस्रो पत्नीः आलिया हनी
शहबाज शरीफको आलिया हनीसँगको विवाह सबैभन्दा विवादित रह्यो । सन् १९९३ मा नुसरतसँग सम्बन्धविच्छेद भएपछि उनले मोडल आलिया हनीसँग गोप्य विवाह गरेका थिए । शाहबाज त्यतिबेला पञ्जाबका मुख्यमन्त्री थिए र उनले आफ्नी श्रीमतीको घरमा सहज पहुँच पुर्‍याउन ‘हनी ब्रिज’ नामक पुल बनाएको आरोप लागेको थियो। तर, यो सम्बन्ध पनि लामो समय टिक्न सकेन । सन् १९९९ मा जब पाकिस्तानमा विद्रोह भयो र नवाज शरीफलाई देशबाट निष्कासित गरियो । त्यसपछि शाहबाज र आलिया साउदी अरब गए तर रहस्यमय परिस्थितिमा आलियाको मृत्यु भयो।

 

तेस्रो श्रीमतीः नरगिस खोसा
सोही वर्ष अर्थात् १९९३ मा शाहबाजले नरगिस खोसासँग पनि विवाह गरेका थिए । नरगिस पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) का तत्कालीन महानिर्देशक तारिक खोसाकी बहिनी हुन्। शाहबाजको परिवारले यो विवाहलाई स्वीकार गर्न सकेन र अन्ततः दुवैले छुट्टिनु पर्यो ।

 

चौथो श्रीमतीः तेहमीना दुर्रानी
सन २००३ मा शेहबाजले पाकिस्तानी लेखिका र सामाजिक कार्यकर्ता तेहमीना दुर्रानीसँग विवाह गरे। तेहमिनाले  ‘माई फ्युडल लर्ड’ नामक चर्चित पुस्तक लेखेकी छिन् । विवाहअघि दुवैजना करिब ८ वर्षसम्म सम्बन्धमा थिए । यो पनि गोप्य विवाह थियो र पछि दुबईमा आयोजित एक पार्टीमा खुलासा भएको थियो। यो विवाह अझै कायम छ र तेहमीना दुर्रानी हाल शाहबाजकी वर्तमान पत्नी हुन्। उनी स्टेट बैंक अफ पाकिस्तानका पूर्व गभर्नर उल्लाह दुर्रानीकी छोरी हुन्।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖