सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द विष्ट

काठमाडौं । नेपाल सरकारले अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा कन्सुलेट कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा नेपाली जनसम्पर्क समिति अमेरिकाले स्वागत गरेको छ।

यसले नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धमा नयाँ आयाम थपेको बताउँदै जनसम्पर्क समिति सभापति आनन्द विष्टले सरकारी निर्णयको स्वागत गरेका हुन्।

‘यो निर्णयले दुई देशबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरेका छौं। यसका लागि तदारुकताका साथ पहलकदमी लिइदिनु हुने प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेस नेतृ डा. आरजु राणा देउवासहित सिंगो नेपाल सरकारप्रति विशेष आभार व्यक्त गर्दछौं,’ विष्टले विज्ञप्तिमार्फत भनेका छन्।

नेपाली जनसम्पर्क समिति नेपाली समुदायको हितमा सधैँ प्रतिवद्ध रहेकाले सन्सुलेटलाई पनि आवश्यक सहयोग गर्ने उनको प्रतिवद्धता छ। 

‘हाम्रो प्राथमिकता नेपाल र अमेरिकामा रहेको नेपाली समुदायको बृहत्तर हितका लागि आवश्यक पहल गर्नु नै हो। यसर्थ, हामीले यस समितिको तर्फबाट पश्चिमी क्षेत्रको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को सहर र टेक्सासको डाल्लासमा नै वाणिज्य दूतावासको कार्यालय स्थापना गरिनुपर्छ भन्ने माग परराष्ट्र मन्त्रालय हुँदै नेपाल सरकार र नेपाली कांग्रेसको पार्टी नेतृत्व समक्ष निरन्तर राख्दै आइरहेका थियौं। यसका लागि दुवै राज्य र सहरका नेपाली जनसम्पर्क समितिका च्याप्टर नेतृत्व तथा अन्य स्थानीय संघ, संस्थाले गर्नु भएको सहयोग, समन्वयका लागि पनि हामी आभार व्यक्त गर्दछौं,’ उनले भने, ‘यसका लागि समितिको अगुवाइमा हातेमालो गर्ने सम्बन्धित संघ,संस्था र साथीहरु धन्यवादका पात्र हुनुहुन्छ। यो हामी सबैको सामूहिक प्रयत्नको साझा उपलब्धि हो।’

दुई सहरमा नेपाल सरकारको औपचारिक कार्यालय स्थापनाका लागि नेपालको परराष्ट्र मन्त्रालयबाट खटाइएका कूटनीतिक कर्मचारी ऋषिराज आचार्य र देवदूत ढकालको टोली क्यालिफोर्निया पुगेको छ। उनीहरूलाई आवश्यक सहयोग गर्न पनि जनसम्पर्क समिति तयार रहेको विष्टले बताए।

सरकारी औपचारिक प्रक्रिया चाँडै पूरा गरी कार्यालय सञ्चालन पश्चात् नेपाल सरकारबाट प्रदान गरिने सुविधा सहज,सरल र कम झन्झटिलो बनाउनका लागि वाणिज्य दूतावास सञ्चालन महत्त्वपूर्ण हुने जनसम्पर्क समितिले विश्वास लिएको छ।

सान फ्रान्सिस्कोको कन्सुलेट कार्यालयले क्यालिफोर्निया र वरपरका राज्यहरूमा बसोबास गर्ने नेपाली नागरिकलाई विभिन्न कन्सुलर सेवाहरू प्रदान गर्नेछ। यी सेवाहरूमा पासपोर्ट नवीकरण, भिसासम्बन्धी जानकारी र नेपाली नागरिकहरूलाई आवश्यक पर्ने अन्य प्रशासनिक सहायता समावेश छन्। 

यो कार्यालयले नेपाली समुदायलाई स्थानीयस्तरमा सहज र प्रभावकारी सेवा प्रदान गरी उनीहरूको दैनिक जीवनमा आउने प्रशासनिक जटिलताहरूलाई समाधान गर्नेछ। यसका अतिरिक्त, कन्सुलेटले नेपाल र अमेरिकाबिचको व्यापारिक सम्बन्धलाई प्रवर्द्धन गर्न, पर्यटनलाई प्रोत्साहन गर्न र सांस्कृतिक आदान–प्रदानलाई विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नेपाल सरकारले यो कन्सुलेटलाई विदेशमा बस्ने नेपाली समुदायको हित रक्षाका लागि प्राथमिकतामा राखेको छ। यसले नेपालको अन्तर्राष्ट्रिय उपस्थितिलाई बलियो बनाउने विश्वास लिइएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।