याक्थुङ चलचित्र ‘थङ्’ काे शीर्ष गीतको रेकर्डिङ सम्पन्न
काठमाडौं । याक्थुङ लिम्बु भाषाको लघु चलचित्र ‘थङ्’ को शीर्ष गीत ‘थिङगानरेन् थङ्’को रेकर्डिङ सकिएको छ ।
मंगलबार म्युजिक मिडिया ओपेरा रेकर्डिङ स्टुडियो काठमाडौमा रेकर्डिङ भएको हो ।
सागर केरुङ्को शब्द, मोनि ताम्लिङ्को संगीतमा नोगेन लिम्बु र सञ्जु लिम्बुले स्वर दिएका छन् ।
याक्थुङ समुदायले गुमाएको मातृभूमि प्राप्त गर्न गरिरहेको संघर्षबारे निर्माण गर्न लागिएको चलचित्रमा सागर केरुङकाे लेखन/निर्देशन रहेको छ ।

