इन्डोनेसिया बिरूद्द सानदार जीत निकाल्दै नेपाल सेमिफाइनलमा

काठमाडौं, १५ असार । लगातार तेस्रो जित निकाल्दै साबिक विजेता नेपाला एसिसी यु–१६ इस्ट जोन कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

आइतबार मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले इन्डोनेसियाविरुद्ध ३७० रनको जित निकालेर सेमीफाइनलमा प्रवेश गरेको हो ।

नेपालले प्रस्तुत गरेको ४२१ रनको लक्ष्य पछ्याएको  इन्डोनेसिया २४।३ ओभरमा ५० रनमै समेटियो ।

 

इन्डोनेसियाका लागि कविन निरज चड्डाले १५ र दिभित नन्दाले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

 

नेपालका लागि कप्तान विपिनप्रसार शर्माले ६ तथा सुगम बुढाथोकी र सुभम खनालले समान एक विकेट लिए ।  त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ४२० रनको योगफल तयार पारेको थियो । 

 

 

नेपालका लागि प्रसिद्ध जैसीले ११४ बलमा १५ चौका र एक छक्काको मद्दतले सर्वाधिक १३२ रनको योगदान गरे । रोनक श्रीवास्तवले ७१ बलमा आठ चौका र दुई छक्कासहित ८८ रन जोडे ।

 

यसैगरी अक्रमक ब्याटिङ गरेका परिमार्जन यादवले २८ बलमा आठ छक्का र चार चौकासहित ७१, जोय थापाले ४१ बलमा सात चौकाको मद्दतले ५७, सुगम बढाथोकीले अविजित ३९ र रोशन शाहीले अविजित १० रन बनाए । प्रसिद्धले तेस्रो विकेटका लागि रौनकसँग १४८ तथा पहिलो विकेटका लागि परिमार्जनसँग १३० रनको साझेदारी गरेका थिए । यसैगरी पाँचौं विकेटका लागि जोय र सुगमबीच ७४ रनको साझेदारी भएको थियो ।

 

इन्डोनेसियाका लागि केतुक धर्मपुत्रले दुई तथा कविन निरज चड्डा, महेन्द्र अजी युदा प्रतामा, रेहान रिजा अथैलाले समान एक विकेट लिए ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै समान खेलबाट दुई अंकका साथ चौथो स्थानमा इन्डोनेसिया समूह चरणबाटै बाहिरिएको छ । 

 

नेपालको यो जितसँगै सिंगापुरले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।

यसअघि नेपालले सिंगापुर र जापानलाई पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार भुटानको सामना गर्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।