इजरायल–इरान होइन, एक युरोपेली देश अब ‘गृहयुद्ध’को संघारमा

काठमाडाैं, १७ असार । अहिले एउटा युरोपेली देशमा क्रान्तिको खबर आएको छ ।

 

सर्बियाको विद्यार्थी क्रान्ति सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ८ महिनाअघि सर्बियाको रेलवे स्टेशनमा भएको दुर्घटनाबाट निस्केको बिराेध अहिले विद्रोहको आगोमा परिणत भएको छ ।

 

सर्बियाका राष्ट्रपतिलाई अपदस्त गर्न हजारौं विद्यार्थी सडकमा उत्रिएका छन् र सर्बियाका सडक गृहयुद्धको मैदान बनेका छन् । युरोपको शान्तिप्रिय देश अहिले रगतले रातो भएको छ ।

सर्बियाको राजधानी बेलग्रेडमा हजारौं विद्यार्थी सडकमा उत्रिएका छन् । ठ्याक्कै त्यस्तै घटना सर्बियामा भइरहेको छ, जुन एक वर्ष पहिले बंगलादेशमा भएको थियो। प्रहरी र आन्दोलनरत विद्यार्थीबीच झडप भइरहेको छ । सर्बियामा ‘कू’को नारा गुन्जिरहेको छ ।

 

एकातिर सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुकिकसँग आक्रोशित विद्यार्थीहरूको भीड, अर्कोतर्फ प्रहरीले लाठी, हथकडी र अश्रुग्यास प्रहार गरेको छ । सर्बियाका सडकहरू गृहयुद्धको रणभूमि बनेका छन्। के पुटिनको नजिक सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकको १२ वर्ष पुरानो साम्राज्य ध्वस्त हुन लागेको हाे ? के अलेक्जेन्डरको शाषन पनि शेख हसिना जस्तै समाप्त हुन गइरहेको छ ? प्रश्न उठिरहेकाे छ । आन्दोलनकारीले यसलाई स्वतन्त्रताको लडाइँ भन्दै नाराबाजी गरिरहेका छन् ।

भुकिकले जान्नु पर्छ कि सर्बियामा ८ महिनादेखि विद्यार्थी आन्दोलन चलिरहेको थियो तर अहिले यो आन्दोलन नियन्त्रण बाहिर गएको छ । सर्बियामा गृहयुद्धको यो हुंकार ८ महिनाअघि भएको दुर्घटनापछि निस्किएको थियो । खासमा १ नोभेम्बर २०२४ मा नोभि साद शहरको एक रेलवे स्टेशनको छत भत्किँदा १६ जनाको मृत्यु भएको थियो।

 

यो घटनाले सर्बियाली सरकारको लापरवाही र भ्रष्टाचार विरुद्ध आक्रोश जगायाे। यी आन्दोलनको नेतृत्व देशका विश्वविद्यालयका विद्यार्थीहरूले गरिरहेका छन् । अब विद्यार्थीहरूको नेतृत्वमा भएको यो आक्रोश राष्ट्रपति अलेक्जेन्डरको तानाशाही विरुद्ध राष्ट्रिय विद्रोहमा परिणत भएको छ। अब यो आन्दोलन यति ठूलो भएको छ कि सर्बियाका प्रधानमन्त्री मिलोस भुसेभिकले दबाबमा राजीनामा दिइसकेका छन् तर राष्ट्रपति भुकिक भने अझै पनि सत्तामा छन्। बिर्धाथीहरूले उनीहरूकाे राजिनामा माग गरिरहेका छन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।