मेलिना राई र प्रविन राईको स्वरमा नयाँ गीत ‘छम छम’ सार्वजनिक
हिराराज राई, धनकुटा ।लोकप्रिय गायिका मेलिना राई र गायक प्रविन राईको स्वरमा सजिएको नयाँ गीत “छम छम” सार्वजनिक भएको छ। मौलिक लोकपपको स्वादमा तयार पारिएको यस गीतलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको छ।
गीतमा शान तामाङ र सन्जिना राईको मुख्य अभिनय देख्न पाइन्छ र अन्य अरू कलाकारहरू पनि रहेका छन्, जसले गीतको भावलाई उत्कृष्ट अभिनयमार्फत दर्शाएका छन्। गीतको शब्द तथा संगीत विनोद कान्दाङवा लिम्बूले तयार पारेका हुन्। संगीत संयोजनमा बासुरी रत्न बि.क., गितार संजीव बराइली, र मादल पोषण घर्ती मगरको रहेको छ।
गीतको रेकर्डिङ तथा प्रोडक्सन डीजे मेवाहाङले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ सागर संसार राईले गरेका छन्। सम्पूर्ण अडियो रेकर्डिङ कार्य माहोल स्टुडियो, अनामनगरमा गरिएको हो।
गीतको भिडियो निर्देशन सन्तोष तामाङ योञ्जनले गरेका छन्। सुमधुर संगीत, उत्कृष्ट छायांकन र लोक स्वाद मिश्रित भावनात्मक प्रस्तुतीले गर्दा “छम छम” गीत श्रोता तथा दर्शकमाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ।


