कोशी प्रदेश स्तरिय उसु प्रतियोगिता सुरु

विराटनगर । उसु संघ मोरङको आयोजनामा शुक्रबारदेखि कोशी प्रदेशस्तरीय उसु प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदले व्यक्तिको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले खेलकुदले मानिसलाई अनुशासित बनाउनुका साथै स्वस्थ बनाउने उल्लेख गर्नुभयो ।

मेयर कोइरालले खेल क्षेत्रमा लागेका व्यक्तिहरुले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नाम र दाम कमाएको बताउनुभयो । ‘खेलकुदमा लागेका व्यक्तिले राष्ट्रय तथा अन्तर्राष्ट्रियस्तरमा नाम, इज्जत र पैसा कमाएका छन्,’ मेयर कोइरालाले थप्नुभयो, ‘त्यसका लागि दत्तचित्त भएर लाग्नु आवश्यक छ ।’

कोइरालाले खेलकुदका माध्यमबाट आणविक र आर्थिक रुपमा जस्तोसुकै शक्तिशाली मुलुकलाई पनि परास्त गर्न सकिने धारणा राख्नुभयो । विराटनगर महानगरपालिकाले पनि खेलकुदलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले महानगरले हरेक वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासमेत आयोजना गर्दै आएको स्मरण गराउनुभयो ।

उसु संघ मोरङका अध्यक्ष दीपक चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मोरङका कार्यबाहक अध्यक्ष भक्तिनाथ माझी, नेपाली कांग्रेस मोरङको खेलकुद विभाग प्रमुख प्रकाश दाहाल, नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य वसिम आलम, जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्र लामा, नेका मोरङ सदस्य सन्तोष दासलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संघले हरेक वर्ष प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्ने गरेको अध्यक्ष दीपक चापागाईंले बताउनुभयो ।

प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, भोजपुर, संखुवासभा जिल्लाका ११२ जना खेलाडी सहभागी भएको उसु संघ मोरङका सचिव विनोद मारिकले जानकारी दिनुभयो । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । प्रतियोगिताका विजेताले मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।