एसियन कपमा छनोटका लागि उज्वेकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’ को छनोटमा नेपालले आज घरेलु टोलीसँग खेल्दैछ ।

नेपाल र उज्वेकिस्तानबीचकाे उक्त खेल उज्वेकिस्तानको मिलि स्टेडियममा राति सवा ९ बजेबाट सुरु हुनेछ ।

अघिल्ला दुवै खेलमा शानदार जित निकालेका दुवै टोलीका लागि यो खेल फाइनलसरह हुनेछ । नेपालले पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलंकालाई ८–० ले पराजित गरेको थियो ।

उज्वेकिस्तानले पहिलो खेलमा श्रीलंकालाई १०–० र दोस्रो खेलमा लाओसलाई ७–० ले पराजित गरेको थियो । नेपाल र उज्वेकिस्तानबिच अंक र गोल पनि बराबरी भएकाले निर्धारित समयमा बराबरी भएको खण्डमा खेल टाइब्रेकरमा जानेछ ।

उज्वेकिस्तान तुलनात्मक रुपमा नेपालभन्दा बलियो टोली हो । फिफा वरियतामा पनि उज्वेकिस्तान नेपालभन्दा ४९ स्थान माथि छ । वरियता र अघिल्ला खेललाई हेर्ने हो भने नेपालले घरेलु टोलीलाई हराउँदै थप मिहेनत गर्नुपर्ने देखिन्छ ।

समूह ‘एफ’ अन्तर्गतको अन्तिम खेल दुवै टोलीका लागि ‘डु अर डाइ’ को अवस्था छ । यो खेलमा जसले जित निकाल्छ । उही टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ । पराजित हुने टोली घर फर्किनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।