सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्दा दर्ता

हैदाराबाद, २७ असार । भारतको प्रवर्तन निर्देशनालय (ईडीं) ले बिहीबार २९ सेलिब्रेटीविरुद्ध मुद्दा दर्ता गरेको छ। 

यसमा दक्षिण भारतीय अभिनेता विजय देवरकोंडा, राणा दग्गुबाती, प्रकाश राजलगायतको नाम समावेश रहेको छ। यो मुद्दामा आरोप छ कि उनले अवैध सट्टेबाजी अनुप्रयोगलाई बढावा दिएका छन् । हैदराबाद पुलिसले दर्ता गरेको एफआईआरको आधारमा यो कारबाही अगाडी बढाइएको हो ।

 

हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार मार्चमा हैदराबादको मियापुर पुलिस स्टेशनमा ३२ वर्षीय व्यापारी पीएम फणिन्द्र शर्माको उजुरीमा एफआईआर दर्ता गरिएको थियो। उजुरीमा भनिएको थियो कि सेलिब्रेटी र प्रभावशालीहरूले अवैध सट्टेबाजी एप्सलाई प्रचार गरिरहेका छन्, जसले सार्वजनिक जुवा ऐन १८६७ को उल्लङ्घन गरिरहेको छ।

 

गत मार्च १६ मा आफ्नो समुदायका युवाहरूसँग कुरा गर्दा सामाजिक सञ्जालका व्यक्तित्वहरूबाट अत्यधिक प्रचारप्रसार हुने यस्ता प्लेटफर्ममा धेरैले पैसा लगानी गर्न मन लागेको कुरा फणिन्द्रले जानकारी दिएका थिए । उजुरीमा भनिएको छ कि यस्ता सेलिब्रेटीहरूलाई यस्ता बेटिंग एपहरूमा पैसा लगानी गर्न मानिसहरूलाई उक्साउनको लागि ठूलो रकम दिइएको थियो।

 

आरोपी फणीन्द्रले पनि यस्तो एपमा लगानी गर्न लागेको तर परिवारको सल्लाह पछि ठूलो आर्थिक जोखिम भएकोले उनले आफ्नो मन परिवर्तन गरेको समेत जनाएका छन् । सो उजुरीका आधारमा प्रहरीले मार्च १९ मा  मुद्दा दर्ता गरेको थियो ।

यसमा, भारतीय दण्ड संहिता (बिएनएस), तेलंगाना गेमिङ ऐन (२०१७) जसले सबै प्रकारका अनलाइन सट्टेबाजीलाई प्रतिबन्धित गर्दछ ।

तर अभिनेता विजय देवरकोंडाले ए २३ रोमी  एपसँग आफ्नो सम्बन्धको रक्षा गरेका छन्। टाइम्स अफ इन्डियाका अनुसार उनले भने कि यो एक कौशल आधारित गेमिङ प्लेटफर्म हो र अवैध सट्टेबाजी भने होइन। उनको टोलीले सर्वोच्च अदालतले रम्मीलाई सीपको खेल मानेको बताएको छ ।

राना दग्गुबातीले गेमिङ एपसँगको आफ्नो सम्झौता २०१७ मा समाप्त भएको बताएका छन् । प्रमोशनहरू कानुनी रूपमा अनुमति पाएका स्थानहरूमा मात्र सीमित थिए।

दक्षिण भारतीय फिल्मका भिलेन प्रकाश राजले सन् २०१६ मा जंगली रम्मीको प्रचार गरेको स्वीकार गरेका छन । तर, उनले भने, ‘यो कानुनी थियो तर मेरो नैतिकतासँग मेल खाएन,’ उनले भने।

भारतीय सञ्चारमाध्यमका अनुसार धेरै सेलिब्रेटीहरूले जंगली रम्मी, जीतविन र लोटस ३६५ जस्ता अनलाइन सट्टेबाजी प्लेटफर्महरू प्रमोट गरिरहेको आशंका छ। बदलामा उनीहरूले एन्डोर्समेन्ट शुल्क वा सेलिब्रेटी शुल्क लिने गरेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।