इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनौंट

रोम, २८ असार । विश्वलाई चकित पार्दै इटाली विश्वकप क्रिकेटका लागि छनोट भएको छ । 
 
फुटबलको गढ मानिएको र ४ पटकको विश्व च्याम्पियन इटाली अब क्रिकेटको विश्व कपमा प्रवेश गरेको छ र पहिलो पटक विश्वकप खेल्ने तयारीमा छ ।
 
इटालीको क्रिकेट टोली सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपका लागि छनोट भएको हो । योसँगै विश्व फुटबलमा राज गर्ने अर्को देशले क्रिकेटमा प्रवेश गरेको हो । युरोपेली छनोटमा दमदार प्रदर्शन गर्दै इटालीले पहिलो पटक यो सफलता हात पारेको हो ।
 
विश्व फुटबलमा राज गर्ने इटालीले ४ पटक यस प्रतियोगिताको उपाधि जितेको छ तर पछिल्ला २ पटक फिफा विश्वकपमा छनोट हुन असफल भएको थियो । योसँगै टोलीले अर्को वर्ष हुने विश्वकपमा छनोट हुन सकेको छैन् । तर, फुटबलबाट निराशाको बीचमा इटालियन क्रिकेट टिमले आफ्नो देशलाई खुसी हुने मौका दिएको छ ।
 
विगत केही दिनदेखि खेलाइँदै आएको आईसीसी पुरुष टी–२० विश्वकप युरोपेली छनोट २०२५ मा इटालियन टोलीले ५ देशमध्ये दोस्रो स्थान हासिल गर्दै विश्वकपका लागि छनोट हुन सफल भएको हो । छनोट चरणको आफ्नो अन्तिम खेलमा इटाली नेदरल्याण्डसँग ९ विकेटले लज्जास्पद हार बेहोरेको थियो तर त्यसको बाबजुद पनि नेट रन रेटका आधारमा दोस्रो स्थानमा रहेर पहिलो पटक विश्वकप खेल्ने मौका पाउन सफल भएको थियो ।
 
इटालीले यस प्रतियोगितामा ४ मध्ये २ खेल जित्यो र जर्सीलाई (०.३६० पछाडि छोड्दै ०.६१२ को एनआरआर सँग यो सफलता हासिल गरेको हो । इटालीले यस प्रतियोगितामा आफ्नो भन्दा धेरै अनुभवी र धेरै विश्वकप खेलेको स्कटल्याण्ड विरुद्धको सबैभन्दा ठूलो जित दर्ता गरेको थियो।
 
इटालीले स्कटल्याण्डलाई पहिलो पटक कुनै पनि फर्म्याटमा हराएको हो । इटाली जस्तै जर्सीले पनि आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई १ विकेटले पराजित गर्दै सबैलाई चकित बनाएको छ र छनोटको आफ्नो आशा जीवित राखेको छ ।
 
तर, अन्तिम खेलमा इटालीले १५ ओभरअघि नै नेदरल्यान्ड्सलाई जित्नबाट रोकेपछि जर्सीको आशा चकनाचुर भयो। इटाली र नेदरल्याण्ड्स विश्वकपका लागि छनोट भएका छन् । यस क्वालिफायर प्रतियोगितामा नेदरल्यान्ड्सले पहिलो स्थान हासिल गरेको छ । तर, पहिले इटाली र त्यसपछि जर्सीसँग पराजित भएको स्कटल्याण्ड भने छनोटमा पुग्न सकेनन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।