इमरान खानलाई छुटाउन पाकिस्तानी बिपक्षी दलले अगस्ट ५ मा भब्य आन्दोलन गर्ने

इस्लामबाद, ३० असार । पाकिस्तानको विपक्षी दल पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले आफ्ना संस्थापक तथा पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको लागि राष्ट्रव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । 
 
जसका लागि शनिबार देखी सो पार्टीका शीर्ष नेताहरू लाहोर पुगेका छन्, जहाँबाट यो आन्दोलन औपचारिक रूपमा सुरु हुने जनाइएको छ। 
 
खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमीन गण्डापुरले यसलाई आन्दोलनको आधिकारिक सुरुवात भनेका छन् र उनका अनुसार अगस्ट ५ सम्ममा आन्दोलनलाई चरम सीमामा पुर्‍याउने बताएका छन्।

शनिबार पीटीआई कार्यवाहक अध्यक्ष ब्यारिस्टर गोहर अली खान, केपी सीएम गंडापुर, र पञ्जाब विधानसभामा विपक्षी नेता मलिक अहमद खान भाचर पनि लाहोर पुगेका थिए ।
 
यसअघि इस्लामावादमा पार्टी नेताहरूको बैठक बसेको थियो, जसमा पञ्जाब विधानसभाबाट निलम्बित २६ विधायकको स्थिति र आन्दोलनको रणनीतिबारे छलफल भएको थियो।
 
मुख्यमन्त्री गण्डपुरले देशमा लामो समय सेनाको शासन रहेको र अहिले अनौपचारिक सैनिक शासन चलिरहेको बताए । उनले भने कि इमरान खानलाई कुनै वैध कारण बिना जेलमा राखिएको छ। गण्डपुरले सबै प्रदेशमा स्थानीय मुद्दामा आधारित प्रदर्शनलाई सशक्त बनाउन अनुरोध गरेका छन् ।
 
गण्डपुरले भने, ‘हरेक सफल आन्दोलन लाहोरबाट सुरु हुन्छ, राष्ट्रव्यापी स्तरमा पनि सफल हुन्छ।’ तर, प्रदर्शन अघि नै पञ्जाब प्रहरीले शाहदरा मोड र अन्य क्षेत्रमा पीटीआई नेता तथा कार्यकर्ताको घरमा छापा मारेर ५ जना कार्यकर्तालाई हिरासतमा लिएको छ ।
 
जनवरी १६ मा पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा सजाय सुनाएको थियो । इमरानलाई १४ वर्ष र बुशरालाई ७ वर्षको जेल सजाय सुनाइएको छ । दुवैमाथि राष्ट्रिय कोषमा ५० अर्ब पाकिस्तानी रुपैयाँ नोक्सान गरेको आरोप लागेको थियो । उनीहरु दुवैले पाकिस्तान सरकारको अर्बौं रुपैयाँको जग्गा बुशरा बीबीको अल कादिर ट्रस्टलाई सस्तोमा बेचेका थिए ।

यस मामिलामा इमरानलाई ९ मे २०२३ मा पक्राउ गरिएको हो, त्यसपछि उनी बिभिन्न आरोपमा जेलमा रहेका छन् ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।