फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

काठमाडौं, ३१ असार । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका महत्वपूर्ण राजमार्गहरु यतिवेला लथालिङ्ग अवस्थामा रहेको बताएका छन् । 

प्रतिनिधिसभाको आज (मंगलबार)को बैठकमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन् ।

‘देशका सबै राजमार्गहरुको अवस्था लथालिङ्ग छ, निर्माण कार्य सुस्त छ । एकातिर देशको मुहार फेर्ने राजमार्गहरु सुस्त र गतिहिन हुने, अनि अर्कोतर्फ नेताजीहरुको क्षेत्र र उहाँहरुको स्वार्थमा रफ्तारमा सडक निर्माण हुने, यो दुःखद् कुरा हो । म जान्न चाहन्छु कि महेन्द्र राजमार्गको काम किन स्लो भयो ? हुलाकी राजमार्गको निर्माणकार्य किन गतिहीन छ । बुटवल–नारायणघाट सडक किन रोकिएको छ ?’ आजपा अध्यक्ष साहले सरकारसंग प्रश्न गरे । 

 उनले मुग्लिन–पोखरा र मुग्लिन–नौबिसे सडकको पनि उस्तै अवस्था रहेको चित्रण गरे । उनले काठमाडौं–तराई/मधेश द्रूतमार्गको काम किन ढिलो गरिएको भनेर प्रश्न उठाए ।

 ‘यसको प्रगति के छ ? सरकारी कामको प्रगति देखिन्छ, जुनबेला फास्ट ट्रयाक सुरु भयो, त्यतिवेला नै मध्यपहाडी लोकमार्ग सुरु भयो, यो सडकमा झण्डै १४ सय किलोमिटर सडक पिच भएको सुन्छौं, झण्डै ८५ प्रतिशत प्रगति छ । तर, फाष्ट ट्रयाक एक इन्चपनि पिच हुन सकेन, जो ७० किलोमिटर छ । हामी जान्न चाहन्छौं कि त्यसको प्रगति किन बढ्न सकेन ? किन त्यसमा जहिल्यै पनि विवाद मात्रै सुन्नुपरेको छ । नेपाली सेनालाई जिम्मा दिएको नै ६ वर्ष भैसकेको छ,’ साहले भने । 

उनले नेपाली सेनाको हुर्मत लिने काम भएको भन्दै आपत्ति जनाए । ‘यो फास्ट ट्रयाक निर्माणको काम सेनालाई दिएको नै झण्डै ६ वर्ष भैसक्यो, नेपालको सबभन्दा गौरवशाली संस्था र देशको मेरुदण्ड हो नेपाली सेना । आज सेनाको हुर्मत लिने काम भैरहेको छ । सेनामाथिको विश्वास घटाउने काम भैरहेको छ , नेपाली जनतामा आर्मीप्रति एउटा ठूलो आस्था छ । ठूलो भरोसा छ । तर, यहाँ दुनियाँले नगरेको काम आर्मीलाई दिईएको छ, अनि आर्मीले लिएको कामपनि समयमा हुन सकिरहेको छैन् । यो किन भएन भनेर जान्न चाहन्छौं ?’ 

उनले सडक बनाउने नाममा सरकारले लुट्ने काम गरिरहेको आरोप लगाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।