धनकुटामा रास्वपाको हस्ताक्षर संकलन अभियान जारी,आज छथर जोरपाटीमा ४ सय ३१ जनाले गरे हस्ताक्षर

धनकुटा,३२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाले पनि जिल्लामा हस्ताक्षर संकलन अभियानलाई तिब्रता दिएको छ ।

जस अन्तर्गत आज छथर जोरपाटीको सिंधुवा बजार क्षेत्रमा अभियान संचालन गरेको छ ।

रास्वपा धनकुटा जिल्ला समिति,पाख्रीबास नगर समिति पदाधिकारी र छथर जोरपाटीका सक्रिय कार्यकर्ताहरुको संयुक्त सहकार्यमा संचालन गरिएको अभियानमा ४ सय ३१ जनाले स्वत स्फुर्त रुपमा अभियानलाई साथ दिंदै हस्ताक्षर गरेको रास्वपा पाख्रीबास नगर समितिका विभागिय संगठन प्रमुख बिष्णु बिक्रम निरौलाले जानकारी दिए ।

अभियानमा प्रदेश विभागिय सदस्य शम्भु पाण्डे,बिक्रम भट्टराई,जिल्ला सचिव तथा विभागिय प्रमुख भुवन थापा,जिल्ला सदस्य रुद्र राउत,पाख्रीबास नगर समिति सभापति मणि भुजेल,सचिव बिदुर न्यौपाने,संगठन विभाग प्रमुख निरौला लगायतको सहभागिता रहेको थियो ।

यसअघि पाख्रीबास नगर क्षेत्र भित्र २ हजार २३ जनाले अभियानमा हस्ताक्षर गरिसकेको छ ।

रास्वपाले भोलि साउन १ गते धनकुटाको धनकुटा नगरपालिका १ हिले बजारमा डेस्क राखेर अभियान संचालन गर्ने पनि जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।