रास्वपा पाख्रिबास ६ मा गिरीको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन
धनकुटा,१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीबास नगर समिति वडा नं ६ को पहिलो वडा अधिबेशन डांडाखर्कमा सम्पन्न भएको छ ।
सम्पन्न अधिबेशनबाट जिवन गिरीको सभापतित्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।
समितिको उप सभापतिमा सरिता थापा ,सचिव सुनिल कुमार राई चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा लिला बहादुर लिम्बु,रिपु मर्दन गिरी,सुमन थापा,भोजकुमारी परियार,सुवास कार्की ,मनोज परियार ,सरिता राई र निशान श्रेष्ठ चयन भएको रास्वपा पाख्रीबास नगर संगठन विभाग प्रमुख बिष्णु बिक्रम निरौलाले जानकारी दिए ।
तदर्थ समितीका सभापति गिरीको सभापतित्वमा सम्पन्न भएको अधिबेशनमा प्रदेश संगठन विभाग सदस्य शम्भु पाण्डे , जिल्ला सदस्य रुद्र बहादुर राउत , पाख्रिबास नगर संगठन विभाग प्रमुख निरौला, नगर सचिव विदुर न्यौपाने, नगर कोषाध्यक्ष तोर्ण निरौला, पाख्रिबास नपा ४ का RAT संयोजक शम्भु बिक तथा ७ नं का सदस्य भुपाल वस्नेत लगायतको उपस्थिती रहेको थियो ।
निर्वाचित पदाधिकारीहरुलाई प्रदेश संगठन विभाग सदस्य पाण्डेले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।





