धनकुटाको पाख्रिबासमा दुई दर्जन बढी माओवादी परित्याग गरि एमालेमा प्रबेश(फोटो फिचर)
धनकुटा,१ साउन । धनकुटाको पाख्रिबास नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का दुई दर्जन बढी नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी(एमाले) मा प्रबेश गरेका छन् ।
आज पाख्रिबास नपा ३ सागु खोलिटारमा आयोजित एक कार्यक्रममा माओवादी परित्याग गर्दै एमालेमा प्रबेश गरेका हुन् ।
एमालेमा प्रबेश गरेकाहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य,जिल्ला इन्चार्ज,पूर्व मन्त्री एवं सांसद राजेन्द्र कुमार राई,जिल्ला अध्यक्ष शिव आंग्ला,जिल्ला सचिवालय सदस्य एवं पाख्रिबास नपाका उपप्रमुख नम्रता गौतम,पाख्रिबास नगर कमिटी उपाध्यक्ष मदन राई लगीयतले अबिर,खादा र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै जनताको मतको सदैव कदर गर्दै जनतालाई शिरमा राखेर काम गर्ने र स्थानियको आवश्यकता अनुसार बिकास निर्माणमा संधै आफ्नो सहयोग रहने पूर्व मन्त्री सांसद राईले बताए ।
तस्बीरमा हेर्नुहोस्-







