विद्या भण्डारीको सदस्यता नवीकरण स्थगित

काठमाडौँ । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण स्थगितको अवस्थामा रहेको दाबी गरेका छन् ।

दुई दिने पोलिटब्युरो बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा प्रमुख गौतमले भण्डारीको सदस्यता नवीकरणबारे आगामी दिनमा छलफल हुने भन्दै हाल पेन्डिङ रहेको बताएका हुन् ।

सञ्चारकर्मीले भण्डारीको सदस्यता नवीकरणबारे सोधेको प्रश्नको जवाफ दिदै गौतमले भने, ‘अहिले उहाँको सदस्यता नवीकरण पेन्डिङ अवस्थामा छ । हामीले विधानका धाराहरू पनि हेर्‍यौँ, धारा ८ र ९ आकर्षित भयो । यो भनेपछि त्यो जहाँ छ, स्थगन अवस्थामा छ भन्ने बुझिन्छ ।’

भण्डारीले राष्ट्रपति हुन पार्टी सदस्यता त्यागेकाले नवीकरणबारे आवश्यक निर्णय गर्नुपर्ने वा पार्टीले अर्को कुनै निर्णय गर्नुपर्ने गौतमको भनाइ छ ।

यद्पि गत असार १४ गते भण्डारीले आफूले सदस्यता नवीकरण गरिसकेको घोषणा गरेकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।