पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले

काठमाडौं, ५ साउन ।  नेकपा एमाले केन्द्रीय कमिटी बैठकअन्तर्गत सोमबार भएको छलफलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई ‘निर्णायक राष्ट्रिय शक्ति’को रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढ्न नेतृत्वलाई निर्देशन दिएका छन ।

 

बैठकको बिचका सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा छलफल भएका मुख्य बुँदाहरू सार्वजनिक गरेका छन । 

गौतमका अनुसार पार्टी अध्यक्षले हाल नेपाली राजनीतिमा भइरहेका घटनाक्रम, एमालेप्रति भइरहेका आक्रमण र त्यसका प्रतिकारमा पार्टीले लिनुपर्ने रणनीति स्पष्ट रूपमा प्रस्तुत गरेका छन । उनले भने,  ‘ पार्टी अध्यक्षले कसरी एमालेमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको छ र त्यसको सामना कसरी गर्ने भन्नेबारे बैठकमा स्पष्ट धारणा राख्नुभयो।’

 

अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण संरचनालाई सुदृढ बनाउँदै वैचारिक स्पष्टताका साथ अघि बढ्न निर्देशन दिएका छन ।  ‘पार्टीमा अहिले कुनै वैचारिक मतभेद छैन, सानातिन मतभेदमा नअलमलिन र सबैलाई एकताबद्ध भएर अघि बढ्न अध्यक्षले निर्देशन दिनुभएको छ’, गौतमले भने ।

 

एमालेको सदस्यता अभियान सन्दर्भमा गौतमले बताएअनुसार हालसम्म देशभर १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्, जुन कुल सदस्यताको करिब २८ प्रतिशत बृद्धि हो।  ‘पार्टी थप मजबुत र क्रियाशील भएर अघि बढेको देखिएको छ,’ उनले भने ।

 

बैठकमा ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकाल सीमाको विषयमा पनि विचार राखिएको गौतमले जानकारी दिए ।  ‘जसले जे धारणा राखे पनि निर्णय प्रक्रियामा एकमत देखियो,’ उनले भने ।

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग हालै भएको छलफलको सन्दर्भ पनि आएको थियो। पार्टी कार्यालयमा नै भएको उक्त छलफल सौहार्दपूर्ण भएको र पूर्वराष्ट्रपति राजनीति फर्किनुहुन्छ कि नफर्कने भन्नेबारे पार्टी अध्यक्षले स्पष्ट धारणा राखेको गौतमले जानकारी दिए। सदस्यताको विषय छलफलबाट टुंगिने उनले बताए ।

 

अध्यक्ष ओलीले नेताहरूलाई अफवाह फैलाउने कार्य नगर्न र पार्टी सुदृढ बनाउन सबै लाग्नुपर्ने धारणा राखेका थिए ।

 

आजको बैठकमा पार्टी महासचिव शंकर पोखरेलले देशभरको सांगठनिक अवस्था र अभियानहरूको प्रगति विवरण प्रस्तुत गर्ने पनि उनले जानकारी दिए । गौतमका अनुसार आज र भोलि लगातार बैठक चल्नेछ  । ‘भोलि (मंगलबार) नयाँ निर्णयसहित सार्वजनिक रूपमा आउनेछौँ’, उनले भने ।

एमालेले आगामी भदौ २०–२२ गते काठमाडौंको गोदावरीमा विधान महाधिवेशन गर्ने तयारी गरिरहेको छ। यस बैठकलाई विधान संशोधन, सांगठनिक स्पष्टता, सदस्यता अभिवृद्धि र राजनीतिक रणनीति निर्माणको दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।