साउनको पहिलो सोमबार धनकुटाका विभिन्न स्थानमा रहेका शिवालयमा भक्तजनहरुले गरे पुजा
धनकुटा,५ साउन । वि.स २०८२ सालको साउन महिनाको पहिलो सोमबार धनकुटाका विभिन्न स्थानमा रहेका शिवालयमा भक्तजनहरु पुजा आजा गरेका छन् ।
देशभरका शिव मन्दिरमा जस्तै धनकुटाको मुलघाटमा रहेको विश्रान्ती, त्रिवेणीमा रहको किरातेश्वर, गोकुण्डेश्वरमा रहेको शिव मन्दिर, कर्मिटार,लेगुवा लगायतका स्थानमा रहेका मन्दिरहरुमा भक्तजनहरुले बिहानैदेखि पूजाअर्चना गरिरहेका छन् । साउन महिना विशेष गरेर महादेवको प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गर्ने प्रचलन बैदिककाल देखि रहदै आएको छ ।
सोमबारका दिन पूजाआराधना र अर्चना गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ ।सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको सुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबार आफैँमा विशेष महत्वको महिना रहेको बताइन्छ ।सोमबारका दिन पूजाआराधना र अर्चना गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ ।साउने सोमबारका दिन भगवान शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ।


