हिजो बोलेका ४९ मध्ये ४६ जना ओलीको तर्कमा सहमत रहेको दावी

काठमाडौं, ६ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज पनि केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहनेछ । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजो देखि सुरु भएको बैठक आज पनि जारी रहने पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन । 

गौतमका अनुसार हिजो गण्डकी, मधेस र सम्पर्क समन्वय कमिटीबाट प्रतिनिधित्व गर्ने ४९ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । जसअनुसार हिजोको बैठकमा धारणा राख्ने ४९ जना मध्ये ४६ जनाले अध्यक्ष ओलीको निरन्तरताको माग गरेको दावी ओली निकटको छ । आजको बैठक बिहान ११ बजे देखि सुरु हुनेछ ।

यसअघि बसेको सचिवालय र पोलिटव्यूरो बैठकले पारित गरेर केन्द्रीय कमिटीमा पठाएको विधान संसोधन सम्बन्धी प्रस्तावमा केन्द्रिय समितिमा छलफल चलिरहेको छ । आज बाँकी केन्द्रीय सदस्यहरुले सो प्रस्तावमा आफ्नो धारणा राख्ने कार्यसुची छ । 
 
केन्द्रिय समितिको जारी बैठकमा धारणा राख्नका लागि हरेक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटको समय उपलब्ध गराइएको छ । पार्टी सचिवालय र पोलिटव्यूरो बाहेकका सदस्यहरुले मात्र बैठकमा धारणा राख्न पाउने छन् । उपल्लो कमिटीले आफ्ना आफ्ना कमिटीमा धारणा राखिसकेकोले यो बैठकमा उनीहरुलाई समय उपलब्ध गराइएको छैन्।

हिजोको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भएको भेटघाट, समसामयिक राजनीतिक विषयबस्तु र सरकारको एकवर्षे कार्यकालको उपलब्धी बारे बैठकलाई जानकारी गराएका थिए ।
 
साथै, उपाध्यक्ष विष्णु पौडेलले सचिवालय र पोलिटव्यूरोबाट पारित भएको विधान संसोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवदेन पेश गर्दै पार्टीमा २८ प्रतिशत सदस्य वृद्धि भएको जानकारी दिएका थिए ।

त्यसमा कतिपय केन्द्रीय सदस्यले लिखित रुपमा पनि धारणाहरु बुझाएका छन् । गौतमका अनुसार बैठकपछि समसामयिक प्रस्तावसहितको एक घोषणा पत्र पनि सार्वजनिक गरिनेछ ।
 
केन्द्रीय समितीमा बोल्ने अधिकांसले पूर्वराष्ट्रपति बिधादेवी भण्डारी पार्टी राजनीतिमा फर्कन नहुने र मिसन ८४ मा अध्यक्ष ओलीको नेतृत्वमा नै जाने पार्टीको यस अघिको निर्णय भइसकेकाले त्यसलाई कार्यन्वयन गरेर जानु पर्ने धारणा राखिरहेको दावी संस्थापन पक्षको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।