भारतीय उपराष्ट्रपतिले दिए पदवाट राजिनामा

नयाँदिल्ली, ६ साउन । भारतका १४औँ उपराष्ट्रपति जगदीप धनखरले राजिनामा दिएका छन् ।

स्वास्थ्यका कारण देखाउँदै २१ जुलाई राति देखी लागु हुने गरी उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् । ७४ वर्षीय धनखरको कार्यकाल १० अगस्ट  २०२७ सम्म कायम थियो।
 
उनले जुलाई १० मा मात्रै एक कार्यक्रममा भनेका थिए, ‘भगवानको कृपाले मलाइ सौभाग्य प्राप्त भएको छ कि म अगस्ट २०२७ मा मात्रै रिटायर हुनेछु, त्यो बेला सम्म देशका लागि काम गर्न पाएकोमा गर्ब गरेको छु।’ तर, यसो भनेको ११ दिन पछि अचानक उनको राजिनामा आए पछि एक किसिमको तरंग छाएको छ । 
 
धनखरले धारा ६७ (ए) बमोजिम राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा पत्र बुझाइसकेको जनाएका हुन् । उनले राजिनामा पत्रमा लेखेका छन् – ‘स्वास्थ्य र चिकित्सा सल्लाहलाई प्राथमिकता दिँदै तत्काल प्रभावबाट भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिँदैछु ।’ पत्रमा उनले सहयोग र सौहार्दपूर्ण सम्बन्धका लागि राष्ट्रपतिलाई धन्यवाद दिएका छन् । साथै, सहयोगका लागि प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई धन्यवाद पनि दिए । 

तर, उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेपछि मात्र लागू हुनेछ ।
 
११ अगस्ट २०२२ मा धनखरले उपराष्ट्रपतिको रूपमा पद तथा गोपनियताको सपथ लिएका थिए । उनी उपराष्ट्रपतिको चुनावमा विपक्षी उम्मेदवार मार्गरेट अल्भालाई पराजित गरेर सो पदमा निर्वाचित भएका थिए । जसबेला उपराष्ट्रपति धनखरले ७२५ मतमध्ये ५२८ मत पाएका थिए भने अल्वाले १८२ मत पाउन सफल भएका थिए ।

अहिले भारतीय संसदको मनसुन अधिवेशन चलिरहेको छ । उपराष्ट्रपति राज्य सभाका पनि अध्यक्ष हो। धनखर अधिवेशनको बीचमा पदबाट राजीनामा दिने देशका पहिलो उपराष्ट्रपति हुन्। 
 
आफ्नो कार्यकालको बीचमा राजीनामा दिने उनी तेस्रो उपराष्ट्रपति पनि हुन् । उनको राजिनामा स्विकृत हुने जनाइएको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।