केन्द्रिय समिति बैठक पछि एमालेले घोषणा पत्र जारी गर्ने (फोटो फिचर)

काठमाडौं, ६ साउन । नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकको दोस्रो दिनको बैठक जारी रहेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा हिजोबाट सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

 

पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि धारणा राख्ने कार्यक्रम छ ।

 

हिजो गण्डकी, मधेस, प्रदेश विशेष र सम्पर्क समन्वय समितिबाट प्रतिनिधित्व गर्ने ४९ जना केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् । गौतमका अनुसार हरेक केन्द्रीय सदस्यलाई धारणा राख्न अधिकतम तीन मिनेटको समय दिइएको छ । बैठकमा सचिवालय र पोलिटब्युरो सदस्यबाहेकका सदस्यहरूलाई मात्र बोल्ने अवसर दिइएको छ ।  

 

आजको बैठकपछि समसामयिक प्रस्तावहरू समेत समेटिएको घोषणापत्र सार्वजनिक गर्ने तयारी पार्टीले गरेको छ ।

 

पार्टीको विधान संशोधन, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक सन्दर्भबारे स्पष्ट कार्यदिशा तय गर्ने उद्देश्यले एमालेले केन्द्रीय समिति बैठक बसेको हो ।  केन्द्रीय सदस्यहरूको धारणा र सुझावलाई समेट्दै पार्टीले आगामी रणनीति तय गर्ने तयारी गरेको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।