बिद्या भण्डारीको सक्रियताले राजनीतिमा ल्याएको तरंग

जीवनप्रसाद राई । नेपालको सर्बोच्च पद राष्ट्रपतिमा पदासिन भईसकेका महामहिम बिद्या भण्डारी अहिले सबैको चासोको बिषय बनेका छन । राष्ट्रपति भईसकेका ब्यक्ति पुनः सक्रिय राजनीतिमा जानु हुदैन धेरैले भनेका शब्द हुन तर नेपालको संबिधान २०७२ ले त्यसो भनेको छैन । राष्ट्रपति भईसकेका ब्यक्ति स्वयंले चाहेको खण्डमा मात्रै सक्रिय राजनीतिमा नआउने रहेछन जस्तै पुर्व राष्ट्रपति डा. रामबरण यादबले सक्रिय राजनीति गर्न चाहेनन । उपराष्ट्रपति भईसकेका नन्दकिशोर पुन पासाङ नेकपा माओवादीमा सक्रिय राजनीति गर्ने र राष्ट्रपति भईसकेका भण्डारी नेकपा एमालेमा सक्रिय राजनीति गर्ने संयोग मात्रै होईन यसले नेपालको राजनीतिमा नयाँ र गम्भिर संकेतहरु गरेको देखिन्छ । यसबारेमा शिर्ष नेताहरु मध्ये नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मात्रै सकारात्मक भनेका छन । बिद्या  राजनीतिमा आउने बिषयले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली स्वयंलाई धेरै ठुलो छटपटी शुरु देखिन्छ ।

(जीवनप्रसाद राई )

नेपाल भुपरिबेष्ठित मुलुक हुनुका साथै धेरै बिषयमा परनिर्भर देश हो । बहुदल स्थापना भएको ३५ बर्षमा पनि नेपालको आर्थिक अवस्थामा परिवर्तन हुन नसक्नु र रोजगारी सिर्जना हुन नसक्नुले नेपालका युवाहरु निराश हुदै अवसरको खोजीमा बैदेशिक यात्रामा जानुपर्ने बाध्यता रहेको छ । यसमा शिर्ष नेताहरु चिन्तनशील छैनन भन्ने बिषय उनीहरुले दिने बक्तब्यले छर्लाङगै हुन्छ ।

 

नेपालको अर्थतन्त्र मात्रै होईन समग्रमा सबै सिस्टमले काम नगर्ने अवस्थामा पुगेको भान हुन्छ । यसलाई बाहिरबाट हेर्दा सबै ठीकठाक भएता पनि भित्रीबाट क्यान्सर फैलिएको जस्तो अवस्था छ ।

 

कुनै पनि सिस्टमले काम गर्दैन यसैले नेपालको आन्तरिक मात्रै होईन अन्तराष्ट्रिय सम्बन्ध समेत राम्रो छैन । यसको प्रमाण हो प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको औपचारिक रुपमा भ्रमण गर्न नसक्नु । यसले हाम्रो साख कतिसम्म गिरेको छ भन्ने कुरा सजिलै बुझ्न सकिन्छ ।

के बिद्या भण्डारी सक्रिय राजनीतिमा आउने बित्तिकै छु मन्तर हुन्छ त ?

अहिले नेपाली राजनीतिका तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी जुन नारा र दर्शन लिएर नेपाल बनाउने उद्धेश्यले उदाएका थिए उनीहरुले त्यो अनुसार काम गरेका छैनन । त्यो उपलब्धी हासिल गर्न सकेनन अझै नयाँ भनेर आउने दलहरु समेत त्यही लयमा नै देखिन्छन । यसो हुनुमा नेपालको सत्ता चलाउने बर्तमान राजनीतिक दलहरु भन्दा पनि अदृश्य शक्तिले काम गरेको देखिन्छ । बारमुडा ट्रेन्गल्सको रहस्य अहिले सम्म पत्ता नलागे जस्तै नेपालको राजनीति पनि त्यस्तै छ अदृश्य शक्तिको राज । राजाहरुले बिकास गरेनन भनेर ल्याईएको प्रजातन्त्र र गणतन्त्रले पनि जनअपेक्षा अनुरुप काम गर्न सकेन ।

यस्तो अवस्थामा बिधा भण्डारीको जुन सक्रियता देखिन्छ त्यसबाट तात्विक परिवर्तन भने केही हुनेछैन  तर यसले विश्वको भुराजनीतिमा जुन खालको परिवर्तन आएको छ त्यस अर्थमा भने  भण्डारीको सक्रियताले धेरै ठुलो अर्थ राख्दछ ।

बिद्याको सक्रियताका कारणले केपी शर्मा ओलीको छटपटी धेरै बढेको स्पष्ट छ । त्यो छटपटी भनेको सदिऔ देखि नेपालको राजनीतिमा गरिएको लगानी र सेटिङ नै पुर्णरुपमा भत्किने र राजनीतिले फरक कोर्ष शुरु हुने भएकोले हो । अहिले केपी ओली र शेर बहादुर देउवाको दह्रो एकता हुने देखिन्छ यो एकता डा. आरजु देउवालाई प्रधानमन्त्री बनाउने देखि सत्ताबाट गर्न सकिने, हेर्न सकिने र फेर्न सकिने कामहरुका लागि समेत हो । यो एकतामा भोलिको दिनमा प्रचण्ड पनि जोडिन आएमा त्यसलाई अनौठो मान्नुपर्दैन । किनभने अदृश्य शक्तिले पालैपालो उनीहरुलाई सत्तामा बसाउने, लडाउने र भिडाउने काम गरिसकेको छ । त्यो शक्तिले पुनः प्रचण्ड, देउवा र ओली एकै ठाँउमा ल्याउन सक्दछ ।

बिद्याको राजनीतिक सक्रियता त्यो एकता भन्दा बिल्कुलै फरक तरिकाले आउदैछ । उहाँको राजनीतिक सक्रियताले अहिलेको अवस्थामा तात्विक परिवर्तन नआए पनि जुन तरिकाले अहिलेको गठबन्धन भएको छ त्यो भने हुन दिने छैन । सबैभन्दा महत्वपुर्ण बिषय हो सम्पुर्ण बामपन्थी शक्तिहरु एक ठाँउमा आउने संभावना बढेर जानु हो । यसैगरि अर्को महत्वको बिषय हो एमालेबाट निकालिएका, कारवाही गरिएका र वेवस्ता गरिएका एमालेजनहरु समेत एकै ठाँउमा आउने संभावना हो । केही अवसरवादी बाहिरिन सक्छन भने केही तटस्थ बस्न सक्छन । यसबाट वामपन्थी शक्तिहरुमा नयाँ उर्जा र ताप सिर्जना हुन सक्दछ । त्यति मात्रै होईन बिद्याको सक्रियताले नेपाली काँग्रेस पार्टी र माओवादीमा समेत हलचल ल्याउनेछ अर्थात नेपाली राजनीति जुन हिसाबमा अघि बढेको छ त्यस कोर्षलाई पुरै परिवर्तन भएर नयाँ कोर्षमा प्रवेश गर्नेछ ।

भारत तथा विश्वका शक्ति राष्ट्रहरुले नेपालको राजनीतिक कोर्ष परिवर्तन भएको हेर्न चाहेका छन । यसकै संकेत हो केपी ओली नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो नदिनु । यसैगरि भरखरै मात्रै भण्डारीले चीन भ्रमणमा जाँदा एमालेले पुर्वराष्ट्रपतिको हैसियतमा चीन भ्रमण गरेको बताएको भए पनि चीनले भने नेकपा एमालेको बरिष्ठ नेता भनेर सम्बोधन गरेको छ । यसबाट के प्रष्ट हुन्छ भने चीनले पनि बिधा भण्डारी नै अबको एमालेको शक्तिशाली नेता हुने संकेत गरिसकेको छ ।

अब बिद्या भण्डारीको बाटो के ?

निश्चय नै  भण्डारी अब नेकपा एमालेको अध्यक्ष बन्ने दौडमा हुनेछन र त्यो पनि सर्वसम्मत रुपमा । नेपाली जनताले एमालेलाई बहुमतले विश्वास गरेको खण्डमा उनी नेपालको प्रथम महिला प्रधानमन्त्री समेत हुनेछिन । बिधा भण्डारी प्रधानमन्त्री भए पनि अहिलेकै जस्तै अवस्थामा केही पनि सुधार हुने छैन । तर जुन रुपमा अहिलेको अवसरवादीहरु पराजित र अन्तराष्ट्रिय माहोल अनुरुप काम गर्न सकेको खण्डमा बिधा भण्डारीले ईतिहासमा स्वर्णिम परिवर्तन गर्न सक्नेछिन तर यो बिषय उनका वरपर बस्ने दुरदर्शी नेताहरु र सहयोगीहरुमा धेरै भरपर्ने हुन्छ यसका लागि भने बिधा भण्डारीले केपी ओलीको असक्षमताबाट सिक्नुपर्ने देखिन्छ । अबको बाटो भनेको  भण्डारीको लागि क्रमश: बाटो खुल्दै गरेको अवस्था हो यसमा उनको प्रतिस्पर्धी देखिन्दैनन । उनका लागि नेपाल बनाउने सुनौलो अवसर समेत प्राप्त हुनु हो । उनको भविष्य निकै उज्वल देखिन्छ नेपालीजनहरुको हितमा काम गर्ने पशुपतिनाथले साथ दिउन् शुभकामना छ ।

(लेखक जीवनप्रसाद राई मुलतः कृषि पर्यटन अभियन्ता हुनुका साथै समसामायिक बिषयमा राजनीतिक बिश्लेषण समेत गर्दछन । उनी राजनीति शास्त्रमा एम.ए. हुन साथै अन्तराष्ट्रिय राजनीति, सम्बन्ध र स्थानीय सरकार एवं प्रशासनमा निकै चासो राख्दछन् ।- सह सम्पादक )

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।