पुष्पलालको ४७ औं स्मृति दिवसमा विचार गोष्ठी र पुरस्कार वितरण

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसका अवसरमा पुष्पलाल स्मारक समितिले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

पाँच दिनसम्म सञ्चालित विभिन्न कार्यक्रम बुधबार सम्पन्न गरिएको छ । समापन समारोहमा विचार गोष्ठी, पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरियो ।

‘नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनमा पुष्पलालको योगदान’ शीर्षकमा आयोजना गरिएको प्रतियोगितामा आदर्श माविकी मुस्कान पन्त प्रथम, पोखरिया माविकी सिम्रन सफल मैनाली द्वितीय, सत्यनारायण माविकी भारती अधिकारी तृतीय हुँदा पोखरियाकी स्मिता मिश्र, पोलस्टारकी प्रकृति घिमिरे र जनता नमुना माविकी खुसी साहले प्रोत्साहन पुरस्कार प्राप्त गरे ।

उनीहरुलाई क्रमशः ५, ३, २ र १–१ हजार नगद पुरस्कारका साथमा प्रमाण प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले अविर, माला लगाएर पुरस्कार र प्रमाणपत्र प्रदान गरे । सो अवसरमा कवि एवं पत्रकार मीनकुमार नवोदित, भरत गुरागाईं र हरि कट्टेलले पुष्पलालसँग सम्बन्धित कविता सुनाए ।

कार्यक्रममलाई सम्बोधन गर्दै मन्त्री राईले पुष्पलालले अघि सारेका आदर्श, विचार र सिद्धान्तअनुसार अघि नबढ्दा कम्युनिष्ट पार्टीहरुबीच विचलन आई विभाजनमा पुगेको बताए । उनले पुष्पलालको विचारलाई आत्मसाथ गरेर कम्युनिष्ट पार्टीहरु एकढिक्का भए कसैले हराउन नसक्ने विचार व्यक्त गरे ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी एकीकृतका पोलिटब्यूरो सदस्य महेश रेग्मी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुशल लिम्बू, नेकपा एमाले मोरङका पूर्वअध्यक्ष बाबुराम कार्की, राजनैतिक विश्लेषक कृष्ण पोखरेल, आयोजक संस्थाका अध्यक्ष केशवप्रसाद गौतम, सचिव रामबहादुर घिमिरेलगायतले नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनमा पुष्पलालले पु¥याएको योगदानका विषयमा चर्चा गरेका थिए ।

पुष्पलालको स्मृति दिवसका अवसरमा स्मारकले ३ गते अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता ४ गते आइतबार सरसफाई, ५ गते सोमबार सौन्दर्यकरण, ६ गते मंगलबार झण्डोत्तोलन एवं दीप प्रज्वलन र ७ गते बुधबार पुष्पलालको प्रतिमामा माल्यार्पणसहित विचार गोष्ठी र पुरस्कार वितरण कार्यक्रम राखिएको आयोजक संस्थाका सचिव रामबहादुर घिमिरेले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।