पुष्पलालको स्मृतिमा रमाइलो क्याम्पसमा वृक्षारोपण तथा अन्तरक्रिया

कानेपोखरी । नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कानेपोखरी गाउँ समिति र रमाइलो क्याम्पस समितिको आयोजनामा वृक्षारोपण तथा अन्तरक्रिया गरिएको छ ।

रमाइलो बहुमुखी क्याम्पस प्राङ्गणमा आयोजित कार्यक्रम मनिष गुरागाइको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेकपा (माओवादी केन्द्र)का वैकल्पिक केन्द्रीय सदस्य जयराज सम्योक लिम्बू सहभागी थिए। कार्यक्रममा प्रदेश महासचिव नयन राई, कानेपोखरी गाउँपाटी इन्चार्ज अम्बिका अर्याललगायत सहभागी थिए ।

कार्यक्रममा सहभागी वक्ताहरूले पुष्पलाल श्रेष्ठले नेपाली कम्युनिष्ट आन्दोलन र जनताको मुक्तिका लागि पुर्‍याएको योगदानबारे चर्चा गर्दै उनको सपना पूरा गर्न विद्यार्थी आन्दोलन सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा पुँजीवादी अन्तरविरोध, वर्गीय चेतना र आत्मनिर्भर अर्थतन्त्र सम्बन्धी विषयमा विशेष अन्तरक्रिया गरिएको थियो ।

सम्योकले विद्यार्थी आन्दोलनलाई संगठित र सशक्त बनाएर राजनीतिक परिवर्तनलाई संस्थागत गर्न विद्यार्थीहरूको भूमिका महत्वपूर्ण रहने बताए। क्रान्तिकारीका प्रदेश महासचिव नयन राईले पुँजीवादी प्रणालीले निम्त्याएको विसंगति र वर्गीय शोषण विरुद्ध सचेत हुन विद्यार्थीहरूलाई आग्रह गरे। कार्यक्रम सफल बनाउन रमाइलो क्याम्पसका स्ववियु सभापति तथा अखिल (क्रान्तिकारी) का जिल्ला सह–सचिव अनिश कार्कीले विशेष भूमिका निर्वाह गरेका थिए । उनका अनुसार स्मृति दिवसको अवसरमा क्याम्पस प्रांगणमा फलफूल र छायाँ दिने विभिन्न प्रजातिका बोटहरू रोपिएको छ । जसले वातावरण संरक्षणसँगै क्याम्पसलाई हरियाली बनाउन योगदान पुर्‍याउनेछ।

कार्यक्रममा विद्यार्थी, स्थानीय समुदाय, पाटीका नेता र संगठनका प्रतिनिधिहरूको उल्लेखनिय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरूले राजनीतिक चेतना अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वबोध समेत जागृत गर्ने बताएका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।