जनअपेक्षा अनुसार उर्जा उत्पादन गराउन उर्जामन्त्रीको जोड

काठमाडौँ, ११ साउन/ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जनअपेक्षा अनुरूप विद्युत् विकासलाई परिणाममुखी बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको २१औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले भने  “हामीसँग पर्याप्त स्रोत छन्, केही चुनौती छन्, तर सबैले मिलेर अघि बढ्ने हो भने विद्युत् क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिन्छ।´

उनले पछिल्लो समय भारत र चीनले विद्युत क्षेत्रमा गरेको तीव्र प्रगतिको सन्दर्भ दिँदै नेपालले पनि त्यही लहर पच्छ्याउँदै गुणस्तरीय ऊर्जा पूर्वाधार विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

मन्त्री खड्काले सामुदायिक तहमा सञ्चालित विद्युत परियोजनाहरू मध्ये सञ्चालन गर्न नसकेका संस्थाहरूलाई नेपाल विद्युत प्राधिकरणमार्फत व्यवस्थापन गर्दै लैजानुपर्ने प्रस्ताव गरे ।

कार्यक्रममा बोल्दै उनले द्वन्द्वकालमा देशका विकट क्षेत्रहरूमा विद्युत सेवा विस्तारका लागि सामुदायिक विद्युत उपभोक्ता महासङ्घले खेलेको भूमिकालाई उच्च सम्मान गर्दै भविष्यमा पनि यस्ता प्रयासहरूलाई संस्थागत बनाउनुपर्नेमा जोड दिए।

सो अवसरमा पूर्व उर्जामन्त्री दीपक ज्ञवाली, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, ऊर्जा सचिव सुरेश आचार्य, र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायत वक्ताहरूले सामुदायिक विद्युत प्रवर्द्धनमार्फत ग्रामीण विद्युतीकरणमा महासङ्घले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले हालसम्म ३०० भन्दा बढी सामुदायिक संस्थामार्फत करिब ६ लाख घरधुरीमा विद्युत पहुँच पुर्‍याइएको जानकारी दिए ।

 

उनका अनुसार समुदायबाट संकलित झण्डै दुई अर्ब रुपैयाँ बराबरको लगानीमा विद्युत संरचना निर्माण गरिएको छ।

कार्यक्रममा सामुदायिक विद्युतीकरणमा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न संस्था तथा सञ्चारकर्मीहरूलाई सम्मानित गरिएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖