भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्त आन्दोलनको तयारी

भैरहवा, साउन १४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसाको आवरणमा भइरहेका व्यापक भ्रष्टाचार र मानव बेचबिखनका मुद्दालाई थप प्रभावकारी ढंगमा उजागर गर्ने रणनीति तय गरेको छ। बुधबार भैरहवामा बसेको पार्टीको संसदीय दलको बैठकले यो निर्णय गरेको हो।

बैठकमा चालु संसदिय अधिवेशनमा पार्टीका सांसदहरूले उठाएका जनसरोकारका विषयहरूबारे समीक्षा गर्दै भिजिट भिसा र मानव बेचबिखनका विषयलाई सदन र सडक दुबैबाट सशक्तरूपमा उठाउने निर्णय गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
 
उनका अनुसार, “हामीले संसदमा जनताको आवाज बुलन्द गर्न सफल भयौं। राज्यका नीति र कार्यशैलीका कारण जनताले भोगेका पीडाहरूलाई उजागर गर्दै भ्रष्टाचारका अन्य केसहरू पनि उठाएका छौं।”

परियारले थपे, “हाम्रो आन्दोलनले जनतामा रास्वपा आफूसँगै छ भन्ने भावना स्थापित गरेको छ। सत्तारुढ दलहरूका साथ सम्झौता नगरेको हाम्रो अडानलाई जनताले समर्थन गरेका छन्। हामी संवादको ढोका खुला राख्दै, तर आन्दोलनको बाटो पनि अगाडि बढाउँदैछौं।”

रास्वपाले संसदको सीमित संख्याबाट हैरान नभई, जनताको पक्षमा ठोस अडान लिने धारणा बनाएको जनाएको छ। “संख्या होइन, जनताको पक्षमा दृढ अडान लिने सोच हामीसँग छ। नेपाली कांग्रेस, एमाले र माओवादी समेत जनताको पक्षमा सहमत हुने आशा गरेका छौं,” परियारले भने।

उनले मुलुकमा मौलाउँदै गएको संगठित अपराधको विरुद्ध सशक्त प्रतिवाद गर्ने र आवश्यक परे आन्दोलनलाई नयाँ ढंग र स्वरूपमा विस्तार गर्ने योजना रहेको बताए।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।