यसरी सुरु गरियो नेपाली चलचित्र ‘माईतीघर’ को प्रचार अभियान
काठमाडौ । आउँदो दशैँको फूलपाती (असोज १३) देखि प्रदर्शनमा आउने बहुप्रतीक्षित फिल्म ‘माईतीघर’को प्रचार अभियान होर्डिङ बोर्डबाट सुरु भएकाे छ ।

निर्माता रोहित अधिकारीले विशाल होर्डिङ बोर्डमार्फत देशव्यापी प्रचार सुरु भएको जनाउँदै फेसबुकमा यस्तो लेखेका छन् : “कान नसुन्ने र आखा नदेख्ने समेतलाई पनि यसपालि थाहा हुनेछ कि माइतिघर यहि आउदो बडा दशै फुलपातिमा चल्दैछ भनेर बाचा भयो यो २०/५० को होर्डिङ बोर्ड काठमाण्डौ को मुख्य नाका नौबिशे मा लाएका छौ ।
२०/१०० को होर्डिङ हरु पनि लाग्दैछ चोक चोक गल्लि गल्लि हिमाल पहाड तराई सबै तिर प्राण भन्दा प्यारो माइतिघर”।
यो फिल्मको अफिसियल फस्टलुक भोलि शुक्रवार ११ बजे बिहान सार्वजनिक हुँदैछ ।


