गोदावरीको जग्गा भोगाधिकार माग गर्दै नेकपा एसले बुझायो ज्ञापन पत्र

धनगढी, १५ साउन । नेकपा(एकीकृत समाजवादी) गोदावरी नगर र चुरे गाउँपालिका संगठनले  गोदावरी राजधानीको जग्गा भोगाधिकारको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । 
 

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल मार्फत सुदूरपश्चिम प्रदेशको राजधानी तोकीएकै ठाउँमा जग्गा भोगाधिकारको निर्णय गरिदिन ध्यानाकर्षण पत्र बुझाएको नेकपा(एकीकृत समाजवादी) चुरे गाउँकमिटि इन्चार्ज सुरेन्द्र खडायतले जानकारी दिए ।
 
विज्ञप्तीमा भनिएको छ, ‘सो क्षेत्रमा जग्गा भोग चलनको कानूनी अड्चनका कारण देखाई अहिलेको नेपाली कांग्रेस र एमालेको गठबन्धको सरकारले राजधानी अन्यन्त्र सार्ने प्रपन्च गरीरहेको भन्ने हाम्रो बुझाई छ, ` गोदावरी र चुरेका इन्चार्जको संयुक्त हस्ताक्षरित विज्ञप्तीमा दुई तिहाईको सरकारले पारित गरेको ठाउँमा नेपाल सरकारले मन्त्रीपरिष स्तरिय निर्णय गराई प्रदेश सरकारलाई जग्गा भोगचलनको अधिकार प्रत्यायोजन गर्न नेपाल सरकारलाई प्रमुख जिल्ला अधिकारी मार्फत गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौं ।´
 

सुदूरपश्चिम प्रदेश सभाले २०७५ साल असोज १२ गते प्रदेशको राजधानी गोदावरी नगरपालिकाको वडा नं २ तोक्ने प्रस्ताव सभाबाट पारित गरेको थियो । संघिय सरकारले जग्गा भोगाधिकार नदिएका कारण कार्यन्वयनमा समस्या भएको खडायतको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।