पूर्वनवयुवराज हृदयन्द्र शाहको जुम्ला भ्रमण समेटिएको भ्लगप्रति माओवादी सांसद छिरिङ ल्हामु लामाको आपत्ति
काठमाडौ । पूर्वनवयुवराज हृदयन्द्र शाहको जुम्ला भ्रमण समेटिएको भ्लगप्रति माओवादी सांसद छिरिङ ल्हामु लामाले आपत्ति जनाएकी छिन्।
उनले सामाजिक सञ्जालमार्फत इतिहासमा शाहवंशद्वारा जुम्लामा गरिएको क्रू’रता स्मरण गराउँदै हृदयन्द्रको भ्लगलाई “सामन्ती सोचको पुनरागमन” को संज्ञा दिएकी छिन्।
उनका अनुसार गणतन्त्रले १५ वर्षमै जुम्लामा पूर्वाधार र सेवाहरू पुर्याएको हो भने, राजतन्त्रले २३८ वर्षमा सिटामोलसम्म पुर्याउन सकेन।
उनले हृदयन्द्रको भ्लगलाई प्रचारमुखी र ऐतिहासिक अन्यायको सौन्दर्यीकरण गर्ने प्रयास भनेकी छिन्। साथै, राजपरिवारको हैसियतका कारण मिडियाले अनावश्यक महिमामण्डन गरिरहेको आरोप पनि लगाएकी छन्।


