‘माइतीघर’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौ । तामाङ समुदायको संस्कृति र भावनात्मक सम्बन्धलाई समेत केन्द्रमा राखेर निर्माण गरिएको बहुप्रतीक्षित नेपाली फिल्म ‘माइतीघर’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा प्रमुख कलाकारहरूको पात्र र एउटा उज्यालो घर देखिन्छ, जसले माइतीघरको भावना झल्काएको छ । मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्म रोहित अधिकारी फिल्मस् प्रा.लि. को प्रस्तुति हो ।

फिल्ममा रविन शेरचन र धिरज तामाङले लगानी गरेका छन् भने ईश्वर श्रेष्ठ र निरज कटुलाल कार्यकारी निर्माताको रूपमा छन् । ‘माइतीघर’मा चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद, सुशन प्रजापतिको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र साहिल खानको ट्रेलर सम्पादन रहेको छ । अष्ट महर्जनले एक्सन निर्देशन गरेका छन् । यो फिल्मको गीतकारहरू किरण खरेल, कुमार स्याङ्बा र राम अविरलका शब्दमा चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र दिवंगत जयदेवको संगीत समावेश छ ।

फिल्ममा केदार घिमिरे माग्नेबुढा, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम र संगीता थापा जस्ता कलाकारहरूको अभिनय देख्न पाइनेछ । निर्माता रोहित अधिकारीका अनुसार फिल्मको कथा, प्रस्तुति र भावना निकै सशक्त बनेको छ । प्रचारप्रसारमा कुनै कसर बाँकी नराख्ने बताउँदै उनले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले अब सार्वजनिक हुने “प्राण भन्दा प्यारो माईतीघर” गीतमा नृत्य प्रतियोगिता समेत गराउने घोषणा गरेका छन् ।प्रतियोगिताको विजेतालाई ५ लाख नगद पुरस्कार दिने उनले बताएका छन् । कुनै पनि फिल्मको पब्लिसिटी कन्टेन्टमा गरिएको प्रतियोगीतामा यो पुरस्कार राशि हालसम्मकै धेरै हो । ‘गाजलु’, ‘छ माया छपक्कै’ र ‘फर्की फर्की’ जस्ता सफल फिल्म निर्माण गरिसकेका रोहित अधिकारीको नयाँ प्रस्तुति ‘माइतीघर’ आउँदो असोज १३ गते, अर्थात् दशैंको फूलपातिमा देशभर प्रदर्शनमा आउने तयारीमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।