धुर्कापानीको ‘दिनमा पनि, रातमा पनि’

काठमाडौँ. गीतकार तथा गजलकार डा। तारानाथ घिमिरे ‘धुर्कापानीु को नयाँ गीत ‘दिनमा पनि, रातमा पनि’ सार्वजनिक भएको छ ।

शनिबार काठमाडौँमा साहित्यकार डा‍‍. नवराज लम्साल, डा. विष्णु दाहाल, सङ्गीतकार राजु सिंहलगायतले गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

विष्णु अधिकारीको सङ्गीत र स्वर रहेको गीतमाथि डा। गीता त्रिपाठी, डा. विष्णु दाहालले बोलेका थिए । उनीहरूले गीत मार्मिक रहेको र गीतले दुस्खको कथा भनेको बताए । प्रेम, जीवन र प्रेमका दुखद् पक्ष गीतमा आएकाले मार्मिक बनेको वक्ताहरूको टिप्पणी थियो । गीतकार धुर्कापानीले नेपाली सुगम सङ्गीतमा केही गरौँ भन्ने हुटहुटीले गीत तयार पारेको सुनाए ।

प्रमुख अतिथि डा. नवराज लम्सालले नेपाली सुगम सङ्गीतको सुधार, परिष्कार र स्तरीयता आवश्यक रहेको बताउँदै धुर्कापानीको प्रस्तुत गीतको सफलताको कामना गरे । उनले गीतकारहरू छायामा पर्ने भन्दै दुःख पनि व्यक्त गरे ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।