जनसंगठनहरूलाई पार्टीका नीति र निर्णयअनुसार सञ्चालन हुन ओलीकाे निर्देशन

काठमाडौं, १८ साउन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सम्बद्ध जनसंगठनहरूलाई पार्टीका नीति र निर्णयअनुसार सञ्चालन हुन निर्देशन दिएका छन ।

 

 बालुवाटारमा जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले व्यक्ति भन्दा पार्टीको संस्थागत निर्णयलाई आधार मान्न आग्रहसमेत गरे । 

 

उनले भने, ‘कुन व्यक्तिले के भन्छ भन्ने होइन, पार्टीले के निर्णय गर्छ भन्ने आधारमा जनसंगठन चल्नुपर्छ ।’

 

एमालेका २३ वटै जनसंगठनका इन्चार्ज, अध्यक्ष र महासचिव सहभागी बैठकमा संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टी विधान, विधि र अनुशासनअनुसार सबै संगठन चल्नुपर्नेमा जोड दिए । हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट विधान महाधिवेशनसम्बन्धी गरिएका निर्णयबारे स्पष्टता प्रदान गर्न बैठक आयोजना गरिएको बताइएको छ ।

 

बैठकमा सहभागी जनसंगठनका अध्यक्ष र महासचिवहरूले व्यक्तिगत आकांक्षाभन्दा पार्टी नीति नै सर्वोपरि हुने धारणा राख्दै सबै सदस्यलाई नीति अनुसार परिचालित गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, नीति विपरीत जाने प्रवृत्तिलाई सवक सिकाउने अठोट समेत व्यक्त गरिएको छ ।

बैठकमा आगामी भदौभित्र सबै जनसंगठनले आफ्ना कार्ययोजना तयार गरी पार्टी नेतृत्वमा पेस गर्ने निर्णयसमेत भएको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।