बागमतीका मुख्यमन्त्रीले दिए राजिनामा, भने, ‘सभापतिको निर्देशन माने’

हेटौंडा, १८ साउन । अन्ततः बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा राजीनामा दिएको उनले जानकारी दिए । 

आइतबार पत्रकार सम्मेलन गरी लामाले राजीनामा घोषणा गरेका हुन् । ‘संवैधानिक हिसाबले अझै मुख्यमन्त्री बनिरहने अवस्था रहे पनि पार्टीभित्रको छलफलपश्चात् राजीतिक विधि, पद्धति र मान्यता स्थापित गर्न सभापतिको आग्रह पछि राजिनामा दिएको हुँ,’ उनले भने ।
 
पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले पदभार ग्रहण पछिको ३ सय ७४ दिनको कामबारे संक्षिप्त जानकारी गराएका थिए । २०८१ साउन ८ गते उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

लामा बिरूद्द कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । त्यसपछि ३७ मध्ये १४ मत मात्रै उनले पाएका थिए भने उनको बिपक्षमा २२ मत परेको थियो ।
सो पछि संसदीय दलको नेतावाट मुक्त भएका उनी बानियाँसँग पराजित भएका थिएँ । लामाले राजिनामा दिए पछि बानियाँको नेतृत्वमा बागमतीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।